पोखरामा साउन २५ गते वैचारिक बहस सहित २६औं विश्व आदिवासी दिवस मनाईने
नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समिति र कास्की जिल्ला समन्वय परिषदको संयुक्त आयोजनामा यहि साउन २५ गते २६औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रमको गरि मनाउने भएको छ ।
कोरोना कहरका बीचमा पनि सामाजिक दुरी कायम गरेर कार्यक्रम गर्न लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
साउन २५ गते बिहान ११ बजे छन्त्याल समाज घर नदीपुर पोखरामा हुने कार्यक्रममा “नेपालको आदिवासी जनजाति आन्दोलन विगत र आगामी कार्यदिशा एवम् नेपालको संविधानमा आदिवासी जनजातिहरुको स्थान के कस्तो रहनेछ ?” भन्ने विषयमा पृथ्वी नारायण क्याम्पस पोखराका पुर्व क्याम्पस प्रमुख प्राध्यापक डाक्टर दिलबहादुर क्षेत्री, राजनीतिक विश्लेषक युग पाठक र अधिवक्ता सुरेन्द्र थापामगरको बीचमा बहस हुने महासंघ गण्डकी प्रदेशका अध्यक्ष खेम पुन मगरले जानकारी दिनुभएको छ ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको प्रमुख अतिथ्यतामा हुने कायक्रममा सहभागि भइदिन आयोजकले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
यसैबीच सोहि कार्यक्रममा आदिवासी आन्दोलनका आगुवाहरु ककसका पुर्व अध्यक्ष तथा नेपाली काँग्रेसका नेता इन्द्रबहादुर गुरुङ र आदिवासी उत्थान राष्ट्रिय प्रतिष्ठानका पुर्व सदस्य सचिव लोकबहादुर थापा मगरलाई आदिवासी आन्दोलनमा उहाँहरुले पुरयाउनु भएको योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान गरिने भएको छ ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09