
पोखरामा सिट्रोन कारको अत्याधुनिक शोरुम सञ्चालनमा
पोखरा ।
पोखरामा सिट्रोन कारको शोरुम सञ्चालनमा आएको छ । पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेता एस.एस.एल. मोटर्सको शोरुम पोखराको नयाँबजारमा औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

यातायात व्यवस्था कार्यालय सवारी गण्डकीका कार्यालय प्रमुख डिल्लीराज रिजाल र सिट्रोनको लागि नेपालको आधिकारिक बिक्रेता साँग्रिला मोटर्स प्रालिका एसिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले बिहीबार एक कार्यक्रमबीच शोरुमको उद्घाटन गरेका हुन् ।
शोरुमको उद्घाटनसँगै नेपाली बजारमा उपलब्ध सिट्रोनका विद्युतीय गाडीको बिक्री शुभारम्भसमेत गरिएको छ । पोखरामा सिट्रोन ई–सी ३ र सी ३ को बिक्री शुभारम्भ गरिएको हो । पछिल्लो समय विद्युतीय गाडीप्रति ग्राहकको आकर्षण बढिरेको सन्दर्भमा सिट्रोनको उपस्थितिले धेरैलाई आकर्षित गर्ने कम्पनीले विश्वास लिएको छ । पोखरामा सार्वजनिक भएका सिट्रोन गाडीको टेष्ट्र ड्राइभसमेत सुरु भएको एस.एस.एल. मोटर्सका प्रवन्ध निर्देशक शिव बरालले जानकारी दिए ।
सिट्रोन ई–सी३ को लाइभ भेरिन्टको मल्य ३२ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । फिल भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । विद्युतीय गाडीमा २९.२ किलोवाट आवरको ब्याट्री र ४२.५ किलोवाटको मोटर जडान गरिएको छ ।
यसको टर्क १४३ एनएम छ । यसलाई एकपटक फुल चार्ज गरेपछि ३२० किलोमिटर गुडाउन सकिन्छ । ३.३ किलोवाटको एसी चार्जरले १० घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिने ई–सी३ लाई डीसी फास्ट चार्जरको साहयतामा ५७ मिनेट भित्रै ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

‘राम्रो फिचरसहितको गाडी पोखरामा उपलब्ध गराउन हामी सफल भएका छौं,’ उनले भने, ‘टेष्ट ड्राइभ गरेर गाडीबारे जानकारी लिन सक्नुहुन्छ ।’ पोखरा क्षेत्रमा सिट्रोन ई–सी३ लोकप्रिय हुुने उनले विश्वास व्यक्त गरे । बिक्री पछिको सेवालाई प्राथकिता दिदै पोखरा १० औद्योगिक क्षेत्रमा सर्भिस सेन्टरसमेत विस्तार गरिसकिएको बरालले जानकारी दिए । ‘हामी हाम्रा ग्राहकको सुविधालाई पहिलो प्राथमिकतामा राख्छौं,’ उनले भने ।
अत्याधुनिक प्रविधि र कनेक्टिभिटी सुविधाहरू सहितको ई–सी३ मा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर–असिस्ट सिस्टमहरू छ । सो कारलाई १०७ किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्न सकिन्छ । यसमा रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्याण्डर्ड गरी दुई ड्राइभिङ मोड पाउन सकिन्छ ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26