ताजा खबर

पोखरामा हुने पावर लिफ्टीङ्ग प्रतियोगिताको तयारी अन्तिम चरणमा

   ९ आश्विन २०७६, बिहीबार १४:४६      1,403 views

पोखरामा आयोजना हुने प्रथम ‘क्लब स्तरिय पुरुष तथा महिला पावर लिफ्टीङ्ग प्रतियोगिता–२०७६’ को तयारी अन्तिम चरणमा पुगेको छ ।

स्पोटर््स क्यासल प्रा.लि कास्कीले “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारा सहित आगामी १३ गते सोमबार आयोजना गर्ने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बिहिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

प्रतियोगिता संयोजक तथा स्पोर्टस क्यासलका युवा सञ्चालक अनमोल पालिखेले आगामी (असोज ) १३ गते क्यासलमै उक्त प्रतियोगिता सम्पन्न गर्न गैहरेको जानकारी दिए ।

उनले पुरुष तर्फ ५ र महिला तर्फ २ तौल समुह गरी ७ तौल समुहका खेलाडी बिच पावर लिफ्टीङ्ग प्रतियोगिता सञ्चालन गरिने बताए । उनका अुनसार पुरुष तर्फ यु– ६१ केजी , ६१–७३, ७३–८९, ८९–१०२, १०२–१०९ र महिला तर्फ ६४ केजी मुनी र माथीका खेलाडी बिच प्रतिस्पर्धा हुनेछ ।

उनले सो प्रतियोगिताबाट ओभरअल च्याम्पियन बन्ने पुरुष तथा महिला खेलाडीलाई जनही २० हजार, ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने बताए ।

संयोजक पालिखेले पुरुष तथा महिला तर्फ प्रत्येक तौल समुहमा प्रथम हुनेले नगद ५ हजार रुपैया, ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछ भने द्धित्तीय र तृतीय हुने खेलाडीले क्रमश मेडल, प्रमाणपत्र सहित ३ हजार र २ हजार हात पार्ने बताए ।

उक्त प्रतियोगितामा पोखरा बाहिरक क्लबबाट करिब ५० बढि खेलाडीको सहभागिता रहने उनले जानकारी दिए ।

त्यस्तै क्यासलका अर्का सञ्चालक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङ (चन्द्र) ले खेलकुद क्षेत्रको प्रबद्र्धन गर्ने लक्ष्य सहित सो प्रतियोगिता आयोजना गरेको बताए ।

उनले स्थानीय तहबाट नै खेलाडिहरु उत्पादन तथा प्रोत्साहन गरी राष्ट्रिय, अन्र्तराष्ट्रिय स्तरसम्मको प्रतियोगिताहरुमा खेलाडिहरुलाई समावेश गरी राष्ट्रको पहिचान जगाउने उद्देश्य रहेको बताए ।

उनले आफ्नो क्यासलको पहिलो कार्यक्रममको रुपमा पावर लिफ्टीङ्ग प्रतियोगिता आयोजना गर्न गैरहेको बताउदै खेलाडीहरुको हौसलाका लािग आगामी दिनमा ब्यायामसँग सम्बन्धित प्रतियोगिताको अयोजना गर्ने समेत जानकारी दिएका थिए ।

अन्र्तराष्ट्रिय स्तरको फुटसल, व्यायामशाला, साउना एण्ड स्टीम, पावर लिफ्टीङ्ग, प्रशस्त पार्किङको सुबिधा रहेको उक्त क्यासलमा ८ युवाको संयुक्त लगानी रहेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284