
पोखरामा २ सय परिवारलाई राहत दिएसँगै तमू धिं युकेले एकैदिन १३ लाख ३६ हजारको राहत वितरण गरयो
तमू धिं युकेद्धारा आज पोखरा रंगशालामा २ सय घर परिवारलाई राहत वितरण गरेको छ ।

कोभिड–१९ का कारण समस्यमा परेका पोखरा महानगरपालिकाका १९ वटा वडाका २ जना विपन्न परिवारलाई १ बोरा चामल र १ किलो दाल वितरण गरेको हो । करिब ३ लाख ५० हजार बराबरको राहत आज तमू धिं युकेले वितरण गरेको छ ।
राहत पाउने मध्ये २१ जना अपाङहरु समेत रहेका छन् । तमू धिं युकेका पुर्व अध्यक्षद्धय मेजर डम्मर घले र मुक्षेत्र गुरुङ, नेपाल प्रतिनिधि मेजर लक्ष्मीप्रसाद गुरुङ तथा अन्य सदस्यहरु लालकाजी गुरुङ, भोज गुरुङ, चन्द्र गुरुङ लगायतको उपस्थितीमा सो राहत वितरण गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसदद्धय मिना गुरुङ र मनबहादुर गुरुङको विशेष उपस्थिती रहेको थियो ।

देशमा दुःख परेको बेला आफूहरु सधै नेपाली जनताको साथमा रहेको भन्दै सहयोग दाताहरुले आउने दिनमा पनि तमू धिं युकेको सहयोग यसरी नै अगाडी बढने बताउनुभयो ।
कार्यक्रम सफल पार्न तमू साँस्कृतिक प्रतिष्ठान नेपाल र गुरुङ फिल्म एशोसियसन नेपाल जिफानका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुले स्वयम सेवकको रुपमा सहयोग गरेका थिए ।
कार्यक्रम संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।
यसैबीच आजै तमू धिं युकेले पश्मिाञ्चल क्षेत्रिय अस्पताल पोखरालाई २ लाख ६ हजार बराबरको ५० थान पिपिइ र ३ सय ५० थान केएन ९५ मास्क प्रदान गरेको छ । यो सहयोगसँगै आज एकदिनमा तमू धिं युकेले गण्डकी प्रदेशमा १३ लाख ३६ हजार बराबरको राहत वितरण गरेको छ ।
उस्तै खबर





Awesome https://is.gd/N1ikS2
Written by Helena2828 2025-04-29 23:35:08