ताजा खबर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम ५० प्रतिशत सकियो

   १६ कार्तिक २०७६, शनिबार १४:१९      1,139 views

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम ५० प्रतिशत सकिएको छ ।

विमानस्थलको अहिलेसम्म रनवे, ट्याक्सीवे, एप्रोन तयार भइसकेका छन् । १४ भवनमध्ये १२ वटा भवनको आरसिसी स्ट्रक्चर टुंगिएको छ भने टर्मिनल भवन छानो लगाउन बाँकी छ ।

विमानस्थल निर्माण कार्यको ५० प्रतिशत काम टुंग्याई सकिएको र सिभिल कन्ट्रक्सनको काम पनि अब केही महिनाभित्रै टुंग्याउने आयोजना प्रमुख विनेश मुनंकर्मीले जानकारी दिए ।

२०७७ मंसिरसम्ममा सबै काम टुग्याउने र उपकारण जडान गर्ने प्रमुख मुनंकर्मीले बताए । २०७८ को वैशाखबाट विमान उठाउने लक्ष्यका साथ काम भइरहेको बताइएको छ ।

नियमित कामका लागि अहिले ५ सय कामदार खटिएका छन् । आधा नेपाली छन् भने आधा चिनियाँ कामदारले काम गरिरहेका छन् ।

२०३२ सालमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि तत्कालिन छिनेडाडाँ गाविस (हाल पोखरा १४) कुहर फाँटमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

त्यसपछि दोस्रो चरणमा ६ सय २९ रोपनी जग्गासहित अधिग्रहण गरिएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284