ताजा खबर

पोखरा उद्योग वाणिज्य संघको ‘गन्तव्य मर्दी हिमाल’ अभियान सुरु

   १४ कार्तिक २०७६, बिहीबार १७:२१      3,305 views

पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल विहीबार कास्कीकै मर्दी हिमाल पदयात्रामा निस्केको छ ।

गण्डकी प्रदेश सरकारले घोषणा गरेको ‘आन्तरिक पर्यटन वर्ष २०१९’ तथा नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउने उदेश्यले यो पदयात्रा कार्यक्रम तय गरिएको हो ।


‘भ्रमण संस्कृतिको विकास गर्दै प्रदेश र संघीय सरकारले घोषणा गरेको भ्रमण वर्षको प्रचार गर्न पोखरा उद्योग वाणिज्य संघले ‘गन्तव्य मर्दी हिमाल’ कार्यक्रम तय गरेको हो’, पदयात्रा टोली नेता तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले भने,‘ पोखरा र आसपासमा रहेका पर्यटकीय गन्तव्यको प्रचार हाम्रो पहिलो प्राथमिकता हो ।’

संघले नै पहिलो पटक पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको सहरको रुपमा विकास गर्नुपर्ने अवधारणा अघि सारेको स्मरण गर्दै उनले संघ सरकारले घोषणा गरेका प्रवद्र्धनात्मक कार्यक्रमलाई आफ्नै तवरले सघाउन तयार रहेको उल्लेख गरे ।


 ‘गण्डकी प्रदेश सरकारले अघि सारेको ‘बिदा पर्यटन’को अवधारणा होस् वा अन्य प्रवद्र्धनात्मक कार्यक्रम नै किन नहोस्, निजी क्षेत्र हातेमालो गर्न तयार छ’, उनले भने,‘सरकारपछि देश र विदेशमा समेत आफ्नै ठूलो संयन्त्र भएको निजी क्षेत्रलाई यो अभियानमा सरिक गराउने दायित्व भने सरकारको हो ।’


भ्रमण दलमा संघका अध्यक्ष अधिकारीसहित कार्यसमितिका सदस्यहरु ,सोवित पौडेल,नगेन्द्रप्रसाद सुवेदी,ऋषिराम शर्मा भण्डारी,किर्तिबल्लभ त्रिपाठी,श्रीप्रसाद घले,देवेन्द्र केसी र संघका कर्मचारी केदार कोइराला सहभागि छन् ।

४ दिने पदयात्राको क्रममा टोली ४६ सय मिटर उचाईको मर्दी हिमाल वेष्ट पुग्ने संघका कार्यसमिति सदस्य किर्तिबल्लभ त्रिपाठीले जानकारी दिए । पदयात्रामा निस्केको टोलीलाई संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, कार्यसमितिका सदस्यहरु रामेश्वर अधिकारी,चिन्तामणि बास्तोला, संघका कार्यकारी निर्देशक टोपबहादुर थापासहितले बिदाई गरेका थिए । 

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284