ताजा खबर

पोखरा थिएटरमा श्रष्टा र सृजना

   १८ श्रावण २०७६, शनिबार १९:२८      1,257 views

पोखरा थिएटरको गन्धर्व नाटक घरमा शनिबार श्रष्टा र सिर्जना कार्यक्रम आयोजना गरियो । विराट आर्दश साहित्यिक मञ्चको आयोजनामा भएको कार्यक्रममा तीन जना कविले कविता सुनाए ।

यसरी कविता सुनाउनेमा पोखरेली श्रष्टा सरस्वती श्रेष्ठ सरु, विराटनगरका श्रष्टा मीनकुमार नवोदित र स्याङ्जाका श्रष्टा मिलन समिर रहेका थिए ।

उनीहरु तीन जना श्रष्टाले विभिन्न सिमसामयिक विषयवस्तुमा चार–चारवटा कविता वाचन गरी सुनाए । तेस्रो श्रृखलाको यो कार्यक्रमा पोखरा थिएटरले सह आयोजकको रुपमा सघाएको थियो ।

विराट आर्दश साहित्यिक मञ्चका अध्यक्ष कटुवाल दीपकको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल संगीत तथा नाट्य एकेडेमीका पूर्व कुलपति एवं वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले कार्यक्रमको प्रशंसा गरे । कार्यक्रमको सञ्चालन पोखरा थिएटरका रमेश तिमिल्सिनाले गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284