
पोखरा महानगरको राहत कोषमा युनाइटेड क्लवको १ लाख सहयोग
पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । मंगलबार पोखरा अमरसिंहचोकको पोखरा युनाइटेड क्लबले एक लाख सहयोग गरेको छ ।

पोखरा युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङ, निर्वमान अध्यक्ष सुकबहादुर गुरुङ र प्रथम उपाध्यक्ष राजु श्रेष्ठको टोलीले महानगरका प्रमुख मानबहादुर जिसीलाई १ लाखको चेक हस्तान्तरण गरेका हुन् । प्रमुख जिसीले संकटको अवस्थामा महानगरले थालेको अभियानमा क्लबले सहयोग गरेकामा धन्यवाद दिएका थिए ।
महानगरेको कोषमा अहिले सम्म ३ करोड ७८ लाख ३५ हजार ३ सय ९१ रुपैंया जम्मा भएको छ ।
उस्तै खबर





Awesome https://lc.cx/xjXBQT
Written by Jada2935 2025-04-25 16:38:00