ताजा खबर

पोखरा महानगरपालिकाको राहत कोषमा रोड सोको पाँच लाख ५५ हजार सहयोग

   १० बैशाख २०७७, बुधबार १५:०२      1,121 views

पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । बुधबार रोड सो कस्ट्रक्सन प्रालिले ५ लाख ५५ हजार सहयोग गरेको छ ।

रोड सो प्रालिका अध्यक्ष कालु गुरुङले उक्त रकम बराबरको चेक पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गरेका हुन् । महानगरले थालेको कोरोना रोकथाम नियन्त्रण र जोखिमा परेका नागरिकलाई सहयोग गर्न महानगरले थालेको अभियानमा रोड सोले सहयोग गरेकोमा जिसीले धन्यवाद दिए ।

यसैगरी आमा मिलन बचत तथा ऋण सहकारी संस्थाले ५५ हजार सहयोग गरेको छ । सहकारीका अध्यक्ष कृष्णबहादुर थापा क्षेत्री, सल्लाहाकार इन्दिरा पौडेल, कोषाध्यक्ष गोविन्द तुलाचन र सहकारी प्रबन्ध निर्देशक धु्रवराज पौडेलको टोलीले महानगर प्रमुख जिसीलाई चेक हस्तान्तरण गरेका हुन् ।

पोखरा पञ्चकोशी आर्थर समाजले २५ हजार सहयोग गरेको छ । अध्यक्ष कमल गुरुङ, सचिव मेखबहादुर गुरुङ सल्लाहकार चिजकाजी गुरुङ र रत्नबहादुर गुरुङले उक्त रकम नगर प्रमुख जिसीलाई हस्तान्तरण गरेका हुन् । आर्थडाँडा खर्क कोन परिवारले २५ हजार सहयोग गरेका छन् ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284