ताजा खबर

पोखरा महानगरपालिका शिक्षा महाशाखाद्धारा शिक्षकका लागि दुई दिने तालिम सम्पन्न

   २९ फाल्गुन २०७७, शनिबार १८:०८      1,888 views

पोखरा महानगरपालिका शिक्षा महाशाखाद्धारा आयोजित माध्यमिक र निम्न माध्यमिक तहका शिक्षकका लागि दिइएको तालिम शनिबार सम्पन्न भएको छ ।

नेपाली र सामाजिक विषयको दुई दिने तालिम पोखरा महानगर भित्रका शिक्षकहरुलाई आधारभूत सिप अभिवृद्धिका लागि दिइएको हो । महाशाखाले जनप्रकाश मावि भण्डारढिक, कालिका मावि रामबजार, जनप्रिय मावि सिमलचौर र नवीन मावि गैह्रापाटनमा तालिम सम्पन्न गरेको हो ।

तालिमका अनुगमनकर्ता तथा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले समाज परिवर्तनको संवाहक र विकासको मेरुदण्ड शिक्षक ,विद्यालय र शिक्षा भएकाले त्यो आधार बलियो बनाउन सो तालिमको आयोजना गरिएको बताए ।

तालिमका संयोजक तथा महाशाखाका शाखा अधिकृत बद्री सुवेदीले छोटो अवधिको तालिम भएता पनि जे जति सिकाइ भएको छ,त्यसलाई कक्षाकोठा सम्म पुर्याउन आग्रह गर्दै शिक्षकमा लगानी गर्नु भनेको शिक्षामा लगानी गर्नु हो र यो लगानीले समाजमा दीगो र सकरात्मक प्रभाव पर्ने बताए ।

सहभागीहरुले दुई दिने तालिम छोटो भएको गुनासो गरेकाले आगामी दिनमा यसमाथि मनन गरिने बताउँदै सक्रिय सहभागिताका लागि सहभागी र प्रशिक्षकलाई धन्यवाद दिए ।

प्रशिक्षकका रुपमा कालिका मावि पोखरा ३३ का प्रधानाध्यापक प्रेम पोख्रेल र सिद्ध माविका सहायक प्रधानाध्यापक जुना थापा रहेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284