
पोखरा महोत्सवमा एकैदिन एक क्विन्टल तरुल बिक्री
पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा आउने अधिकांश दर्शकहरुले अर्गानिक कृषि उत्पादनका सामाग्रीहरु रुचाएका छन ।
शहरमा बस्नेहरुले पछिल्लो समय ग्रामीण भेगमा विशुद्ध गाइभैसीको मलमा उत्पादन गरिएका कृषि जन्य सामाग्री उपभोग गर्ने क्रम वढिरहदा पोखरा महोत्सवमा राखिएको अर्गानिक कृषि उत्पादनलाई महोत्सवमा आउने दर्शकहरुले रुचाएका हुन । बांसटारी अर्गानिक कृषि फर्म पोखरा ५ पस्र्याङबाट उत्पादन गरिएका कृषि जन्य सामाग्री किन्न महोत्सवमा आउनेको भीड नै लाग्ने गरेको छ ।

फर्मबाट उत्पादन गरिएका साग, काउली, बन्दा, ब्रो काउली, सिमी, हिउदे सिमी, आलु, लसुन, प्याज, धनिया, अदुवा, लगायतका कृषिजन्य उपज किन्नमा महोत्सवमा आउनेको भीड लागेको महोत्सव अर्थ स्टल ब्यवस्थापन संयोजक गणेश तिमिल्सिनाले वताए । पोखरा महोत्सव मनोरन्जनमा मात्र नभइ स्थानिय उत्पादनहरुको प्रवद्र्धनका लागी समेत भएकाले आफुहरुले कृषीजन्य बस्तुलाई बिक्री वितरण गर्नका लागी अर्गानिक उत्पादनको प्रवद्र्धन गर्नका लागी बांसटारी अर्गानिक कृषि फर्मले ८ रोपनी क्षेत्रफलमा गाइ भैसीको मलमात्र प्रयोग गरी कृषीजन्य सामाग्रीहरु उत्पादन गरिरहेको र सोही उत्पादनलाई पोखरा महोत्सवमा ल्याएइएको कृषि फर्म सञ्चालक इन्द्र बहादुर राना मगर र संगीता राना मगरले वताए ।
उनीहरुले आफ्नो फर्ममा उत्पादन भएका सामाग्री संगै माघे सक्रान्तिलाई लक्षित गरी घर तरुल , बन तरुल र सखरखण्ड समेत बिक्रीका लागी राखेका छन । शनिबार मात्रै सय किलोको हाराहारीमा घर तथा बन तरुल र सखरखण्ड बिक्री गरिएको र उक्त सामाग्रीहरु दमौली, मुलपानी, बन्दीपुर, पार्चे, हल्ठुङ्गा लगायतका क्षेत्रबाट ल्याइएको राना मगरले वताए ।
महोत्सवमा आउने दर्शकलाई अर्गानिक कृषि संगै अर्गानिक खाना र गाउले स्वाद चखाउने उद्देश्यले राखिएको होम स्टेले समेत दर्शकको मन तान्न सफल भएको छभने महोत्सव स्थलमा राखिएको पोखराको लेखनाथमा निर्माणधिन चिडियाखानाको स्याण्ड मोडेलले समेत दर्शकलाई आकर्षित पार्न सफल भएको महोत्सव सचिवालय संयोजक लोक बहादुर थापाले जानकारी दिए ।
महोत्सवको दोश्रो दिन चर्चित लोकदोहोरी गायक रामजी खाँडको प्रस्तुतीमा महोत्सवमा आउने दर्शकले भरपुर मनोरन्जन लिए ।

खाँड संगै प्रजापति पराजुली, शिवहरी ढुंगाना, तुलसा जिसी, टेक क्षेत्री, सरस्वती लामिछाने, इश्वर सिंह र करन तामाङको प्रस्तुती रहेको थियोभने । लाइभ कन्सर्ट तर्फ स्थानिय आत्मसर्ग र चर्चित र्यापर लाहुरेको प्रस्तुतीले शनिवारको सांझका दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए ।
महोत्सवको तेश्रो दिन आज आइतबार लोकदोहोरी तर्फ राजु गुरुङ, प्रजापति पराजुली, शिवहरी ढुंगाना, घनश्याम रिजाल, जीवन दाहाल, केशव देवकोटा, प्रेमराज अधिकारी, सरला पाण्डे, मन्जु बिकको प्रस्तुती रहनेछभने प्रदेश स्तरीय दोहोरी गीत प्रतियोगितामा तनहु र पर्वतको दोहोरी घम्साघम्सी रहने छ ।
त्यसैगरी आइतबार सांझ लाइभ कन्सर्ट तर्फ अन्तराष्ट्रिय ख्याती प्राप्त ब्याण्ड पुष्पन प्रधानको ब्याण्डको प्रस्तुती रहनेछ । महोत्सवको प्रत्येक दिन बिहानमा तरेली सांस्कृतिक परिवारको सांस्कृतीक नृत्य रहनेछ । महोत्सवमा आइतबार गुरुङ संस्कृतीमा प्रचलित रोधीलाई सल्यान खनडांडा टाँउ घरेडी तमु समाजले प्रत्यक्ष प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26