ताजा खबर

पोखरा महोत्सव स्थल अमरसिंह आसपासमा बृहत सरसफाइ

   २६ पुष २०७५, बिहीबार ०६:४७      1,376 views

नवौ संस्करणको पोखरा महोत्सव संघारमा आइपुग्दा महोत्सव आयोजक युनाइटेड क्लवले महोत्सव स्थल वरपर बृहत सरसफाइ गरेको छ । पुस २७ देखी माघ ८ गते सम्म पोखराको अमरसिंह चौरमा हुने पोखरा महोत्सवको पूर्व सन्ध्यामा आयोजक युनाइटेड क्लवले हस्पिटलचोक, महोत्सव स्थल अमरसिंह चौर हुदै अमरसिंह चोक आसपासका क्षेत्रमा बुधबार सरसफाइ गरिएको हो ।

सरसफाइ कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १० का जनप्रतिनिधी सम्मर बहादुर श्रेष्ठले पोखरा महोत्सवको पूर्व सन्ध्यामा महोत्सव स्थल वरपर रहेका फोहोरहरु संकलन गर्ने काम हामी सवैको भएको वताए । महोत्सवलाई भब्य र सभ्य बनाउनका लागी आफ्नो वडाको तर्फबाट समेत सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।


सो अवसरमा वोल्दै नवौ पोखरा महोत्सव मुल आयोजक समितीका संयोजक तथा युनाइटेड क्लवका अध्यक्ष लालकाजी गुरुङले पोखरा महोत्सवलाई साथ दिएर सरसफाइ कार्यक्रममा सहभागी सम्पूर्णलाई धन्यवाद दिदै पोखरा महोत्सव लाई भब्य र सभ्य बनाउनका लागी सवैले आ आफ्नो ठाउबाट सहयोग गरिदिन समेत आग्रह गरे ।


सरसफाइ कार्यक्रममा क्लवका प्रतिनिधी, पोखरा बृहत सरसफाइ अभियानका प्रतिनिधी, महोत्सव सफल बनाउन गठित सम्पूर्ण उपसमिती, सल्लाहकार, विभिन्न संघ सस्थाहरुको सहभागीता रहेको सरसफाइ ब्यवस्थापन उपसमिती संयोजक नवीन श्रेष्ठले जानकारी दिए । महोत्सवमा यसपालि अपांगमैत्री शौचालय निर्माण गरिने समेत समेत श्रेष्ठले जानकारी दिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284