पोखरा म्याराथनमा सहभागि हुन युनेष्कोका पूर्व अध्यक्ष डेभिडसन हेप्वर्न पोखरामा
पोखरा महानगर पालिकाका प्रमुख मानबहादुर जिसीले १४औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी हुन सम्पूर्ण पोखराबासीलाई आह्वान गरेका छन ।
पोखरा महानगरपालिकामा महानगरका विभिन्न वडाका अध्यक्षहरुलाई सम्वोधन गर्दै प्रमुख जिसीले पोखरा म्याराथनलाई सफल बनाउन नगरबासीहरु एकजुट हुनुपर्ने बताए । “पोखरा म्याराथन सफल बनाउन टोल–टोल र गल्ली–गल्ली बाट पोखरा म्याराथनमा सहभागी हुन म सबैलाई आग्रह गर्छु” उनले भने–“स्वास्थ संगै पोखराको प्रवर्द्र्धन गर्न म्याराथनले भूमिका खेल्ने छ ।”
पोखरा म्याराथनका आयोजक भुतपुर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङले सबैको साथ र सहयोगले पोखरा म्याराथनले भब्य सफलता पाउने विश्वास व्यक्त गरे ।
उनले पोखरा म्याराथनमा विशिष्ट व्यक्तित्वहरुको सहभागिताले समेत अन्तर्राष्ट्रिय रुपमानै स्थापित हुँदै गएको बताउँदै यसलाई सफल बनाउन वडा अध्यक्षहरु संग आग्रह गरे । पोखरा म्याराथनले नेपाल भ्रमण वर्षलाई सफल पार्न अहम भुमिका खेल्ने बताए ।
यसैबीच युनेष्कोका पूर्व अध्यक्ष डेभिडसन हेप्वर्न १४औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी हुन आज पोखरा आइपुगेका छन ।
पोखरा म्याराथन मार्फत विश्व शान्तीको कामना गर्न पूर्व अध्यक्ष डेभिडसन पोखरा आएका हुन । पोखरा विमानस्थलमा मञ्चका अध्यक्ष तेज गुरुङ लगाएतले उनलाई स्वागत गरेका थिए ।
उनले पोखरा विमानस्थलमा ओर्लिए पछि छोटो कुराकानीमा पोखरा म्याराथनमा सहभागी हुन मात्रै नभई पोखरा जस्तो सुन्दर शहरमा आउन पाउनु आफ्नो लागि गौरवको विषय भएको बताए ।
फागुन ३ गते हुने म्याराथनमा पूर्व अध्यक्ष डेभिडसनले शान्तीको कामना गर्दै पिस टर्च बाल्ने र आफ्नो सहभागिता जनाउने छन । पोखरा म्याराथनमा पहिलो पटक उच्च स्तरिय व्यक्तित्व आउनुु पोखरेली सबैका लागि गौरवको विषय रहेको मञ्चका अध्यक्ष गुरुङले बताए ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09