ताजा खबर

पोखरा लेडी जेसिजको बृहत निशल्क स्वास्थ्य सिविर सम्पन्न

   १ असार २०७६, आईतवार ०९:३३      1,510 views

पोखरा लेडी जेसिजको सप्ताहब्यापी कार्यक्रमको दोस्रो दिन बृहत निशुल्क स्वास्थ्य सिविर गराउदै सम्पन्न भएको छ । पो म न पा वडा नं. २४ को सहकार्यमा संचालित उक्त कार्यक्रम, कास्कीकोट स्थित वशन्त आधारभुत बिद्यालयमा संचालित भएको थियो ।

कास्कीकोट का स्थानीय लाई लक्षित गरी आयोजित सो कार्यक्रममा पो म न पा वडा नं. २४ का कार्यवाहक अध्यक्ष श्री अग्नीधर त्रीपाठी को प्रमुख आतित्थ्यता रहेको थियो । पोखरा लेडी जेसिज बर्ष २०१९ का अध्यक्ष जेसी सपना गिरी को अध्यक्षता रहेको उक्त कार्यक्रममा हाम्रो परिवर्तन नेपाल का अध्यक्ष एवं पश्चिमान्चल क्षेत्रीय अस्पतालका का डा. ढाका श्रेष्ठ ज्य बिशिष्ट अतिथी, वडा कार्यालयका सदस्य ज्यू हरु एवं सम्पुर्ण डाक्टर को टिमको आतित्थ्यता रहेको थियो ।


कार्यक्रम पोखरा लेडीबर्ष २०१९ का सचिब लक्ष्मी अधिकारी ले संचालन गर्नुभएको थियो भने जेसी अनिता थापा ले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो । जेसीज सप्ताह अन्तर्गतका सातै दिनका कार्यक्रको बारेमा यसै कार्यक्रमका मूल संयोजक एवं पोखरा लेडी जेसीज बर्ष २०१९ का कार्यकारिणी उपाध्यक्ष जेसी शोभा भुजेलले जानकारी दिनुभयो । हम्रो परिवर्तन नेपालको प्रविधिक सहयोगमा सम्पन्न उक्त सिविरमा बालबालिका, यवा बृद्धबृद्धा गरी करिव ३०० जना लाभान्वित भएका छन ् ।

सिविरमा मेडिकल, हाडजोर्नी, नशा, स्त्री रोग, बालरोग सम्बन्धि परिक्षण का साथै औषधी, ल्याब टेस्त, ई.सी.जी आदि सेवाहरु उपलब्ध थिए । पोखरा लेडी जेसिज बर्ष २०१९ का अध्यक्ष जेसी सपना गिरी ज्यू को समापन मन्तयका साथ कार्यक्रम सम्पन्न भएको जानकारी सूचना संयोजक सुनिता भुजेल ले दिनुभयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284