ताजा खबर

पोखरा १० का टोल टोलमा अग्नि सुरक्षा तालिम सम्पन्न

   २७ असार २०७६, शुक्रबार १९:१२      1,276 views

पोखरा महानगरपालिका वडा नं १० को आर्थिक सहयोगमा वडा नं १० का ३३ वटा टोलका टोल विकास संस्था र आमा समूहहरूको लाई अग्नि सुरक्षा तालिम दिइएको छ ।

वडा नं १० का बिभिन्न टोलमा एक कार्यक्रम बिच नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की, वेष्ट मेनेजमेन्ट प्रा. लि. पोखराको सहयोग नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखा को समन्वय र लैङ्गिक समावेशीकरण तथा सामाजिक उप समितिको आयोजनामा ३३ वटा टोल र ३० वटा महिला समूहहरूमा अग्नि सुरक्षा तालिम, सरसफाई तालिम र बाल्टीन बितरण कार्यक्रम एक समारोह बीच सम्पन्न भयो ।

उक्त अग्नि सुरक्षा अभिमुखीकरण तालिम कार्यक्रममा प्रमुख अतिथि एवं पोखरा महानगरपालिका वडा नं(१० का वडा अध्यक्ष राज कुमार गुरुङ्गले ब्यानरमा हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्नु हुँदै वडा नं १० मा हुनसक्ने साना समस्या समाधान गरि ठूला ठूला समस्या बाट बाच्न र बचाउन बिपत ब्यबस्थापन संगसंगै अग्नि सुरक्षा तालिमले ठूलो सहयोग गर्ने बताउनु हुदै यस्ता कार्यक्रममा वडाले सक्दो सहयोग गर्ने बिचार ब्यक्त गर्नु भयो ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284