ताजा खबर

पोखरा–१६मा क्षेत्री समुदायको अभिलेखिकरण गरिने

   १० पुष २०७५, मंगलवार ०६:३१      2,633 views

पोखरा–१६मा छरिएर रहेका क्षेत्री समुदायको अभिलेखिकरण गर्ने कार्य शुरु भएको छ ।क्षेत्री समाज प्रारम्भिक समिति पोखरा–१६ ले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष केशव बस्नेतले क्षेत्री समुदायको एकताको लागि पनि अभियान शुर गरिएको जानकारी दिनुभयो ।’

कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेशका सांसद पुष्पा के.सी भण्डारीले राष्टिय एकताका प्रतिकको रुपमा रहेका क्षेत्री समुदायलाई राज्यले अझै उपेक्षा गरेको गुनासो गर्नुभयो । क्षेत्री समाज महिला समितिको केन्द्रिय अध्यक्ष समेत रहेकी सांसद भण्डारीले क्षेत्री समाजले उठाएका माग अझै पुरा नभएकाले खबरदारी आवश्यक रहेको बताउनुभयो ।

प्रारम्भिक समितिका अध्यक्ष केशव बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमा केन्द्रिय सदस्य चेत ब. कार्की,जिल्ला अध्यक्ष पदम कार्की,उपाध्यक्ष दिल ब. अधिकारी क्षेत्री,सल्लाकार उदय ब. बस्नेत,राम ब. बानिया,पुर्व अध्यक्ष तिलक के.सी,पार्वती बस्नेत लगायतले सामाजिक परिवर्तनका लागि एकता आवश्यक रहेकोमा जोड दिएका थिए । सोही भेलाले १७ सदस्यीय महिला उपसमिति समेत गठन गरेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284