पोखरा १९ भोटीखोला पुलको शिलान्यास
पोखरा महानगरपालिका वडा नम्बर १९ को भोटीखोलामा मोटेरेबल पुल बन्ने भएको छ ।
साविक लामाचौर र पुरनचौर गाविसको सिमानामा पर्ने भोटीखोलामा निर्माण हुने पुलको बिहीबार शिलान्यास गरिएको छ । लामाचौर—माछापुच्छे« ग्रामीण सडक अन्तर्गत पर्ने उक्त पुलेको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले शिलान्यास गरेका हुन् ।
पुल शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख जिसीले जनताले करको तिरबाट नै महानगरले पुल बनाउन लागेको बताए । ‘महानगरले ढाड सक्ने गरी कर उठायो भन्ने गुनासो सुनिन्छ,’ प्रमुख जिसीले भने,‘जनताले तिरेको करबाट संकलित रकमलाई महानगरले विकास निर्माण लगायतमा खर्च गरेको छ ।’ कर सही ढंगले सहुपयोग भएको छ कि छैन जनताले चाँसो दिनुपर्ने र दुरुपयोग भए खबरदारी गर्ने दायित्व नगरवासीको भएको उनले बताए ।
पुल निर्माणको काममा गुणस्तर कायम गर्न कुनै सम्झौता नगरिने बताउँदै प्रमुख जिसीले जनताले तिरको करबाट नै महानगरले पुल निर्माण गर्न लागेकाले पुल निर्माणमा निगरानी गर्न स्थानीय जनतालाई आग्रह गरे । पुल निर्माणलाई त्यहाँका स्थानीय बासिन्दाको आर्थिक उपार्जनसँग जोडेर हेर्नुपर्ने समेत प्रमुख जिसीको भनाइ छ । महानगरपालिकाले यस वर्ष ७ वटा पुल निर्माणको कामलाई अगाडि बढाउने उनले जानकारी दिए ।
शिलान्यास कार्यक्रममा पोखरा महानगरपालिका इन्जिनियर धु्रव भट्टराईले २५ मिटर लम्बाई र साढे सात मिटर चौडाइको आरसीसी पुल निर्माण हुने बताए । उनका अनुसार पोखरा महानगरपालिकाले उक्त पुलनिर्माणको लागत अनुमान २ करोड ९२ लाख ९७ हजार अनुमान गरेकोमा श्रीगीता कन्स्ट्रक्सन स्याङ्जाले २ करोड ३८ लाख ५५ हजारमा काम सक्ने गरी सम्झौता गरेको छ ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09