पोखरा २० का १ सय ३४ किसानलाई कृषी सामाग्री वितरण
पोखरा महानगरपालिका वडा नम्बर २० ले वडा भित्र रहेका अति विपन्न कृषकहरुलाई सहयोग सामाग्री वितरण गरिएको छ । वडाभित्र रहेका १ सय ३४ कसिानलाई कृषी सामाग्री वितरण गरिएको हो ।
वडा स्तरिय बजेट १० लाख मध्ये पशुपालक किसानलाई ५लाख र खेतीपाती गर्ने किसानलाई ५ लाखको सामाग्री वितरण गरिएको हो । जसमध्ये कृषी तर्फ ७७ र पशुपालन तर्फ ५७ जना कृषकलाई आधुनिक कृषी सामाग्री प्रदान गरिएको हो ।
किसानलाई आधुनिक शैलीबाट खेतीपाती गर्नका लागी हाते ट्रयाक्टर, टनेल प्लाष्टिक, असिना जाली, फलामे हलो जस्ता सामाग्री वितरण गरिएको हो । सामाग्री संगै किसानहरुलाई प्राङगारिक तथा गड्यौला मल बनाउने तालिम र वेमौसमी तरकारी खेती सम्बन्धि तालिम प्रदान गरिएको हो ।
आधुनिक कृषी सामाग्री प्रदान गर्दै पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले आधुनिक कृषीतर्फ उन्मुख महानगर बनाइ महानगर भित्र उत्पादन भएका कृषी सामाग्रीको उपयोगलाई महानगरले पहिलो प्राथमिकतामा राखेको वताए । पोखराका सम्पूर्ण वडाहरु कृषीजन्य बस्तुको उत्पादन हुने वडा भएकाले यहांका वडालाई कृषीमा आत्मनिर्भर बनाउने आफ्नो लक्ष्य रहेको जिसीले वताए ।
वडाले ७ थान हाते ट्याक्टर जसमा देउराली अर्गानिक सहकारी र पिपलडाली सहकारीलाई १÷१ थान, महेन्द्र उच्च मावि वाली विज्ञान अध्ययनका लागी १ थान, र मौजा र भलाममा गरी ४ थान प्रदान गरिएको छ । जसले टोलछिमेक वरपर ट्रयाक्टर जाने ठाउ हेरी अन्य ब्याक्तिको समेत जग्गामा उपयोग गर्ने गरी वितरण गरेको वडा अध्यक्ष सिम गुरुङले वताए ।
आजको खबर
Follow Us
BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.
Written by truck scale suppliers in Iraq 2024-12-05 14:40:08
BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.
BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.
Written by truck scale suppliers in Iraq 2024-12-05 14:40:24