ताजा खबर

पोखरा २३ मा आदिवासी जनजाति उद्घोषण तालिम सम्पन्न

   १२ चैत्र २०७५, मंगलवार १३:५७      3,351 views

हुम तमू


पोखरा महानगरपालिका वडा नं. २३ का आदिवासी जनजातिहरुको सशक्तिकरण एवम् क्षमता अधिवृद्धिका लागि आयोजित तीन दिने उद्घोषण तालिम आइतवार सम्पन्न भएको छ।
कहिल्यै मञ्चमा पुग्ने अवसर नपाएका र माइक्रोफोन कहिल्यै समाउन नपाएका तालिममा सहभागी वडाका आदिवासी जनजातिहरुले तालिम अवधि छोटो भयो भन्दै आगामी दिनमा पनि तालिमको माग गरेका थिए।

उनीहरुले तीनदिने तालिमले उद्घोषण तथा बोल्नेकलाका बारेमा सैद्धान्तिक धेरै ज्ञान पाएको र अभ्यासको कमि भएको बताएका थिए।ग्रामीण क्षेत्रका आदिवासी जनजातिहरु सहभागी रहेको कार्यक्रम किसानहरुका लागि खेतबारीमा काम गर्नुपर्ने समय समेत भएकाले केही व्यवहारिक समस्या परेको उनीहरुको भनाई थियो।


तिनदिने तालिममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)का प्रदेश इञ्चार्ज तथा कास्की आवाज दैनिकका सम्पादक हुमबहादुर गुरुङ र नेपाल पत्रकार महासंघ प्रदेश सचिव तथा कास्की आवाज दैनिक पत्रिकाका कार्यकारी सम्पादक रुद्र श्रीस मगरका साथै कार्यक्रम संयोजक लक्ष्मी गुरुङले सहजीकरण गर्नुभएको थियो।

आदिवासी जनजातिहरु बनबोलेकै कारण पछि परेको हो भन्दै सार्वजनिक कार्यक्रममा कसरी बोल्ने, किन बोल्ने, बोलेर के हुन्छ र बोल्ने एवम कार्यक्रम उद्घोषकले ध्यान पुर्याउनुपर्ने, तयारी गर्नुपर्ने लगायतका विषयमा प्रष्टाएका थिए।
आदिवासी जनजाति समन्वय समिति पोखरा महानगरपालिका २३का अध्यक्ष रनब

हादुर रानाको सम्पन्न तीन दिने उद्घोषण तालिममा पोखरा २३ मा बसोवास गर्ने गुरुङ, मगर, भुजेल ३५ जना आदिवासी जनजाति प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284