ताजा खबर

प्रतिवेदन लेखन प्रतियोगिता सम्पन्न

   ८ असार २०८२, आईतवार १६:०५      224 views

सामाजिक अध्ययन मञ्च कास्कीको आयोजनामा क्षेत्र भ्रमण तथा अवलोकनमा आधारित प्रतिवेदन लेखन प्रतियोगिता जनप्रिय बहुमुखी क्याम्पस पोखरामा सम्पन्न भएको छ ।


विद्यार्थीहरूलाई अध्ययन र अनुसन्धानमा प्रेरित गर्नको लागि गण्डकी प्रदेशको पोखरा उच्च अदालतमा क्षेत्र भ्रमण गराइयो जहाँ उनीहरूले प्रत्यक्ष रूपमा अदालती प्रक्रियाहरू, न्यायालयको संरचना र न्याय प्रणालीका विविध पक्षहरूको अवलोकन गरी महत्त्वपूर्ण जानकारीहरू सङ्कलन गरी प्रतिवेदन लेखेका थिए ।


मंचका अध्यक्ष गोविन्द काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन समारोहको प्रमुख अतिथि जनप्रिय बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख कृष्णबाबु बराल रहनुभएको थियो । मंचका सचिव तिलक काफ्लेले संचालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक नारायणी शर्मा, निवर्तमान अध्यक्ष दिनेश अर्याल लगायतले बोल्नुभएको थियो भने पोखरा उच्च अदालतमा उपरजिस्टार जिवन पौडेल लगायतले सहजिकरण गर्नुभएको थियो ।


कास्की जिल्लाका ९६ जना छात्रछात्राहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा मंचका सल्लाहकार, संथापक अध्यक्ष सहित उल्लेख्य संख्यामा सामाजिक विषय शिक्षकहरूको समेत सहभागिता रहेको थियो । एक हप्ताभित्र प्रतिवेदनहरूको परिक्षण गरि नतिजा प्रकाशन गरिने र लगत्तै पुरस्कार वितरण समारोहको आयोजना गरिने जानकारी मंचले दिएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284