
प्रतिष्ठानद्वारा पाँच केन्द्रमा छात्रवृत्ति छनौट परीक्षा सम्पन्न
तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित ‘गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण’ कार्यक्रमका लागि सात जिल्लाका लागि पाँच केन्द्रमा छनौट परीक्षा सम्पन्न भएको छ ।
यही जेठ १५ गते, मंगलबार तनहुँ, लमजुङ र गोर्खामा तथा १९ गते शनिबार चितवन र नवलपरासीमा परीक्षा संचालन गरिएको थियो ।
संस्थाका अध्यक्ष चित्रबहादुर तमुको नेतृत्वमा प्रथम उपाध्यक्ष एवं यस परीक्षाका संयोजक श्रीजङ तमु, कोषाध्यक्ष श्याम तमु, सहकोषाध्यक्ष ओम तमु र विद्यार्थी समितिका कोषाध्यक्ष एलिना तमुले लमजुङ जिल्लाको छनौट परीक्षा संचालनार्थ खटिएका थिए । बेसीशहरमा अवस्थित तमु सङग्राहालयमा संचालित उक्त परीक्षाका लागि विद्यार्थी सहभागी गराउन तमु प्ये ल्हु संघ केन्द्रीय क्ल्हेप्री समितिका उपाध्यक्ष सन्तोष तमु र सन्चारकर्मी के.बी. तमुले समन्वयात्मक भूमिका निभाएका थिए भने परीक्षा संचालनका लागि तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद लम्जुङले तमु सङग्राहालयको सभाहल उपलब्ध गराएको थियो । परिषदका अध्यक्ष जीवराज घले एवं सचिव गणेश तमुको विषेश उपस्थिति रहेको यस परीक्षामा १८ जना विद्यार्थीहरुको सहभागिता थियो ।

सोही दिन संस्थाका द्वितीय उपाध्यक्ष डमरबहादुर तमुको नेतृत्वमा निवर्तमान अध्यक्ष चिजकाजी तमु, सचिव कन्चन तमु, सदस्य मणिलाल तमु र कार्यालय सचिव गंगा तमुले तनहुँ जिल्लाको दमौली स्थित व्यास नगर तमु सुधार समितिको सभाहलमा १७ जना विद्यार्थीहरु बीच परीक्षा संचालन गरिएको थियो । यस जिल्लामा विद्यार्थी सहभागी गर्न पर्यटन व्यवसायी हरिसिंङ तमुले समन्वय गरेका थिए ।

यसैगरी सह–सचिव भेषबहादुर तमुको नेतृत्वमा सदस्य द्वय लोकबहादुर तमु, लक्ष्मी तमु, तमु साँस्कृतिक प्रतिष्ठान विद्यार्थी समितिका अध्यक्ष सुदिप तमु र उपाध्यक्ष जितेन तमुले गोर्खाको हरामटारीस्थित तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद गोर्खाको सभाहलमा परीक्षा संचालन गरेका थिए । परिषद गोर्खाका अध्यक्ष रामबहादुर तमु लगायत कार्यसमितिका सदस्यहरुको सहित उपस्थिति रहेको उक्त परीक्षाको समन्वय र व्यवस्थापन समेत परिषद गोर्खाले नै गरेको थियो । परीक्षामा ३४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

जेठ १९ गते, शनिबार प्रतिष्ठानका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक श्रीजङ तमुको नेतृत्वमा सह(सचीव भेष तमु, सह(कोषाध्यक्ष ओम तमु सहित विद्यार्थी समितिका सचिव कविता तमु र सदस्य तारा तमुले चितवन भरतपुरमा र द्वितीय उपाध्यक्ष डमर तमुको नेतृत्वमा सचिव कन्चन तमु, सदस्य लक्ष्मी तमु, विद्यार्थी सदस्य हसिला तमु र कार्यालय सचिव गंगा तमुले नवलपरासीको सुनवलस्थित भगवती मा. वि.मा छात्रवृत्ति छनौट परीक्षा संचालन गरेका थिए ।

चितवन जिल्लाका लागि तमु प्ये ल्हु संङ्घ चितवनले समन्वय र व्यवस्थापन गरेको थियो । ४१ जना तमु विद्यार्थीहरु सहभागी रहेको यस कार्यक्रममा तमु प्ये ल्हु संङ्घ वाग्मती प्रदेश प्रमुख तुलराम तमु, चितवन जिल्ला अध्यक्ष विक्रम तमु लगायत कार्यसमिति सदस्यहरुले कार्यक्रम सफल गर्न अग्रणी भूमिका खेल्नुका साथै प्रतिष्ठानका प्रथम उपाध्यक्ष श्रीजङ तमुलाई फेटा र मालाले सम्मान गरेका थिए ।

प्रतिष्ठानका नवलपरासी संयोजक, आजिवन सदस्य एवं तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य पुरन तमुले नवलपुर, नवलपरासी र रुपन्देहीका तमु विद्यार्थीहरुलाई परीक्षामा सहभागी गराउन सन्तुलित ढङ्गले समन्वय र व्यवस्थापन गरेर एकै स्थानमा केन्द्र बनाइएको उक्त कार्यक्रममा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद केन्द्रीय सल्लाहकार एवं प्रतिष्ठानका आजिवन सदस्य भिम तमुले मन्तव्य राखेका थिए । विभिन्न संङ्घ संस्थाका विभिन्न व्यक्तिहरु तथा विभिन्न विद्यालयका शिक्षक एवं अभिभावकहरुको उपस्थिति रहेको यस नवलपरासीको सुनवल केन्द्रमा १७ जना तमु विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल विद्यार्थी छोंज धींका युवा तथा विद्यार्थीहरुले स्वयंसेवकको भूमिका निभाएर कार्यक्रममा सहयोग गरेका थिए ।
लिखित र मौखिक दुवै किसिमको मुल्यांकन गरिएको यस परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई यातायात खर्च पनि उपलब्ध गराइएको थियो । परीक्षाको नतिजा जतिसक्दो चाँडै प्रकाशन गरेर असार मसान्तभित्र नै छात्रवृत्ति वितरण गर्ने योजना रहेको अध्यक्ष चित्रबहादुर तमुले जानकारी दिए ।
आजको खबर
Follow Us

गण्डकीमा सरकारी कामकाजमा गुरुङ र मगर भाषालाई मान्यता
२५ असार २०८२, बुधबार १३:३१

यस वर्षको राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार पत्रकार रुद्र श्रीस मगरलाई
२५ असार २०८२, बुधबार १९:५८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38