प्रथम ग्लोवल रिच डिन कप सम्पन्न
मणिपाल शिक्षण अस्पतालले प्रथम पटक आयोजना गरेको ग्लोवल रिच डिन कप २०१९ भिजिट नेपाल २०२० लाई प्रवद्र्धन गर्दै समापन भएको छ ।
१ हप्ता सम्म पोखराको विभिन्न ठाँउमा आयोजना गरिएको डिन कपको सिल्ड भने मणिपाल शिक्षण अस्पताल आफैले जित्न सफल भयो म्याराथुन, फुटबल, बास्केटबल, भलिवल, क्रिकेट, टेवलटेनिस र डान्स प्रतिस्पर्धाको अंक जोडेर २०१९ को सिल्ड आयोजक मणिपालले नै जित्न सफल भएको आयोजक युजल सुवेदीले जानकारी दिनुभयो ।
यस अघि कार्यक्रमको समापन गर्दै सामाजिक विकास मन्त्री नरदेवि पुनले स्वास्थ्य क्षेत्र संगै खेलकुदको क्षेत्रमा पनि मणिपाल शिक्षण अस्पतालले राम्रो काम गरेको बताउनु भयो । मन्त्री पुनले गण्डकी प्रदेश विकासमा मणिपालले सकरात्मक भुमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो ।
नेपालभर बाट १० वटा मेडिकल कलेजको सहभागिता रहेको डिन कपमा विभिन्न खेलमा विजेता र उप–विजेता खेलाडी र कलेजलाई विकास मन्त्री नरदेवि पुन र अस्पतालका डिन बि एम नाकपालले ट्रफी मेडल र प्रमाण पत्र वितराण गरेका थिए ।
स्वास्थ्य क्षेत्र संगै खेलकुदको विकास र भिजिट नेपाल २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको १ हप्ते कार्यक्रममा समापनको दिन माउन्ट ८८४८, डिमार्ज ब्यान्ड, डिजे सस्पोईजन र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको ईभेन्ट म्यानेजर महेश्वर सिंह भण्डारीले जानकारी दिनुभयो ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09