ताजा खबर

प्रदेश प्रहरी शान्ति सुरक्ष कायम गर्न सफल हुँदै गएको छ – महानिरीक्षक दानसिंह बोहोरा

   ७ माघ २०७५, सोमबार १९:०५      2,700 views


गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिंह बोहराले प्रहरीले प्रदेश अन्तर्गत आम नागरिकहरुसँग हातेमालो गर्दै समाजमा शान्ति सुरक्षा कायम गरी अपराध रहित समाज निर्माण गर्न नेपाल प्रहरी दिनप्रतिदिन सफल हुँदै गइरहेको बताउनुभएको छ ।


प्रेस क्लब पोखराले आज पोखराको नयाँबजारमा आयोजना गरेको शान्ति सुरक्षा विषयक एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उँहाले यस्तो बताउनु भएको हो ।
साथै नेपाल प्रहरी संगठनले अंगिकार गरेका विभिन्न अवधारणाहरुले समाजसँग नेपाल प्रहरी बढी भन्दा बढी घुलमिल हुँदै गएको र जनताको प्रहरी प्रतिको विश्वासमा समेत वृद्धि भएकाले अब समाजमा गलत काम गर्नेहरु लुकेर बस्न नसक्ने बताउनुभएको हो ।


उपस्थित नागरिक तथा पत्रकारहरुले राखेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय युवायुवतीहरु बढ्दो विकृती विसंगतीहरुको शिकार बन्दै गइरहेको भन्दै अब सबै अभिभावकहरु जिम्मेवार र चनाखो रहनुपर्ने बताउनुभयो ।


उक्त कर्यक्रममा संघिय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद चौधरी, नागरिक समाज कास्कीका अध्यक्ष रामबहादुर पौडेल, सरोकारवाला निकायका प्रतिनिधिहरु, आम नागरिक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284