ताजा खबर

प्रभावकारी बन्दै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम

   १ बैशाख २०७८, बुधबार १५:५९      1,341 views

कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ (क) निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतका योजनाको निर्माण कार्यले तिब्रता पाएको छ ।

सो क्षेत्रका प्रदेश सभा सदस्य, प्राविधिक तथा उपभोक्ता समितिको सामुहिक प्रयासका कारण निर्माण कार्यले तिब्रता पाएको हो ।


गण्डकी प्रदेशका उपसभामुख सृजना शर्मा र प्रदेश सभा सदस्य कृष्णबहादुर थापाबाट संयुक्तरुपमा सञ्चालित दुई करोड रुपैयाका बिभिन्न २४ वटा योजना मध्ये ५० प्रतिशतको निर्माण कार्य सम्पन्न भई सकेको छ भने अन्य योजनाको निर्माण अन्तिम चरणमा पुगेका छ ।


पोखरा महानगरपालिकाका ७, १५, १७, २१ र ३३ गरि कूल पाँच वटा वडा रहेको उक्त निर्वाचन क्षेत्र अन्तर्गत सवै भन्दा बढी सडक निर्माणमा ८७ लाख, सिंचाईतर्पm २५ लाख, भवन निर्माणमा ३० लाख, पार्क निर्माण १८ लाख रुपैया र बाँकी बिभिन्न विद्यालय एवम् सामुदायिक भवनमा शौचालय निर्माण, सुरक्षाका लागि तारजाली लगायतका योजना छनोट गरि रकम विनियोजन गरिएको थियो ।


उपसभामुख शर्मा, प्रदेश सभा सदस्य थापा, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी सहितको एक टोलीले उक्त निर्माण कार्यको स्थलगत निरीक्षण गरेको गरेको थियो ।


टोलीले पोखरा ७ स्थित सुन्दरमार्ग बाटो ढलान तथा ढल निर्माण,घारीपाटन बाटो निर्माण,गहते पार्क तारवार, श्रीकृष्ण माविमा भौतिक निर्माण, पोखरा १५ एस.ओ.एस बालग्राम बहुदेश्यीय भवन निर्माण,शिवमन्दीर देखि होटल फुलवारी जानेबाटोको निरीक्षण गरेको हो ।


त्यसैगरी वडा नं. १७ स्थित फेवाताल किनारास्थित डेमसाईड पार्क फेवाताल छेउ तारबार सहित फुडट्याक, ढुङ्गेसाँघु सितापाईला आमा समुह भवन, पोखरा २१ र ३३ का प्राथमिक स्वास्थ्यचौकी कृष्ति, संगमचोक महबारी ढलान बाटो, जिब्रे ढुङ्गा र मालागिरी सामुदायिक भवन लगायत १३ वटा योजनाको स्थलगत निरीक्षण गरि विकास निर्माणका वारेमा जानकारी लिएको हो ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284