
प्राविधिक शिक्षामा जोड दिन आवश्यक : प्रदेश प्रमुख शेरचन
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले देशको समृद्धिको लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका वडा नं. १०, प्रगतिनगर, भगवतीटोलमा रहेको नवनेपाल आधारभूत विद्यालयको १५ औं वार्षिकोत्सवको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले शिक्षालाई जीवन व्यवहारसँग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
शिक्षा क्षेत्रको विकास नभएसम्म देशको समृद्धि हासिल नहुने भन्दै उहाँले शिक्षालाई जीवन उपयोगी बनाउनु जरुरी रहेको बताउनुभयो । व्यवहारिक र व्यवसायिक शिक्षाले मात्रै देशलाई अघि बढाउन सक्ने भन्दै प्रदेश प्रमुख शेरचनले देशमा रहेको स्रोत साधन परिचालन गर्न सक्ने जनशक्ति उत्पादन गर्ने खालको शिक्षा नीतिको आवश्यकता औंल्याउनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य रोशन गाहाले समग्र नवलपुर क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गरिरहेको बताउनुभयो ।
आफ्नो निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै बजेट देवचुली नगरपालिकामै विनियोजन भएको भन्दै उहाँले विकास, निर्माणका लागि गण्डकी प्रदेश सरकारका तर्फबाट धेरै योजना अघि बढाइएको उल्लेख गर्नुभयो ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26