
प्रियकांले चुमिन् मिस एसइईको ताज
इभेन्टस् फर यु प्रालि र सारेगम इन्टरटेनमेन्ट हाउसको सहकार्यमा आयोजित छैटौ संस्करणको मिस एसईई पोखरा २०१९ को ताज प्रियंका सुवेदीले चुमेकी छन् । उनले मिस स्र्पोटी एवार्ड र वेष्ट डे«स एवार्ड पनि जितिन् ।

सिल्भर क्राउन, स्कुटर, नगद १० हजार रुपैयाँ हात पारेकी उनले न्यु ग्यालेक्सी माविमा प्लस टु अध्ययन गर्न छात्रवृत्ति, फेसन हबमा डिजाइनर कोर्ष र गोर्खाली पानीको ब्राण्ड एम्बेसर बन्ने अवसर समेत प्राप्त गरिन् ।
यसैगरी प्रतियोगीतामा आयुष्मा गिरी फस्टरर्नसअप बनिन् । उनले सिल्भर क्राउन, नगद १० हजार रुपैयाँ सहिते न्यु ग्यालेक्सी माविमा प्लस टु अध्ययन गर्न छात्रवृत्ति र फेसन हबमा डिजाइनर कोर्ष प्राप्त गरिन् ।
सेकेन्ड रर्नस अप सेन्जिया गुरुङ बनिन् । मिस फोटोजेनिक समेत बनेकी उनले सिल्भर क्राउन, नगद १० हजार रुपैयाँ सहिते न्यु ग्यालेक्सी माविमा प्लस टु अध्ययन गर्न छात्रवृत्ति र फेसन हबमा डिजाइनर कोर्ष प्राप्त गरिन् ।
यसैगरी बेष्ट क्याटवाल्क र वेस्ट स्माइल सलोनी प्रधान, मिस टयालेन्ट रोश्ना केसी, वेष्ट पर्सनालिटि ब्लिस ढकाल, भिवर च्वाईसको पुरस्कार लिहा छत्यालले जितिन् । उनीहरुलाई कर्णप्रिय स्वरका धनी कर्णदास, कार्यक्रम संयोजक सुशिल नेपाली र इभेन्टस फर युका अध्यक्ष विशाल गुरुङले पुरस्कार प्रदान गरे । प्रतियोगीताको फाइनलमा १९ जना युवति पुगेका थिए ।
छैटौ संस्करणको मिस एसईई पोखरा २०१९ कार्यक्रममा पोखराका रंगपत्रकार राजाराम पौडेललाई सम्मान गरियो । कान्तिपुर पब्लिकेसन्स प्रालिमा आवद्ध पत्रकार पौडेललाई रंगपत्रकारिताको माध्यमबाट रंगक्षेत्रलाई प्रर्वद्धन र संर्वद्धन गर्न योगदान दिएको भन्दै नगद १० हजार ५ सय सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
यसैगरी एचआइभी सक्रमित भएर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर किर्तिमानी राख्न सफल गोपाल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26