ताजा खबर

प्रिय धम्पुस

   २८ माघ २०७५, सोमबार ११:५४      10,645 views

रोशनी गुरुङ

रोशनी गुरुङ

प्रिय धम्पुस म तिम्रो शिरमा फूल्ने लाली गुराँसलाई माया गरुँ कि
तिमीलाई हेरेर लजाउने माछापुच्छे«लाई माया गरुँ ?


मलाई यी गुराँसहरु हेर्दा तिम्रो यौवन फक्रिए जस्तो लाग्छ
यहाँका हरियाली पालुवाहरुमा तिम्रो वैंश भरिए जस्तो लाग्छ
तिमी यति सुन्दर छौ कि


म तिमीलाई चप्प अङगालोमा बेरेर
तिम्रो निधारमा र तिम्रो ओठमा चुम्बन गर्दै माया गरुँ कि
अवथा तिमीलाई टाढैबाट हेरेर तिम्रो वैंश र तिम्रो जवानीलाई मात्र
एकोहोरो माया गरि रहुँ ?
खैर तिम्रो अनुमतिविना म तिम्रो सुन्दरताको कुनै तलास गर्ने छैन


प्रिय धम्पुस

ल मैले त माने तिमीलाई स्पर्श नगरिकनै तिमीलाई माया गर्ने भए
किनकि जहाँ तिमीलाई छोएर माया गर्न तिम्रो अनुमति नै छैन
त्यहाँ मेरो चाहानको कुनै तुक छैन


तर धम्पुस
तिमीलाई रात दिनै जिस्क्याईरहने तिम्रो माछापुच्छ«ेले मानेन भने ?
उसले जर्बजस्ती तिमीलाई चुम्बन गरयो भने ?
अथवा तिम्रो अनुमति विनै तिम्रो सुन्दरताको तलास गरयो भने
र उसले तिमीबाट तृप्त हुन खोज्यो भने
म यो सब मेरै आँखा अगाडि टुलुलु हेर्न सक्दिन धम्पुस


किनकि मेरो तिमीसँग प्रेम छ
र आफूले प्रेम गरेको चीजलाई कसैले
जर्बजस्ती गरेको हेर्ने मेरो आँखालाई आदत छैन

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284