प्रेस चौतारी कास्कीको नवनिर्वाचित कार्य समितिको पदस्थापन कार्यक्रम सम्पन्न
प्रेस चौतारी नेपाल, कास्की शाखाको आठौं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन गरिएको छ ।

हालै अर्जुन गिरीको नेतृत्वमा सर्वसम्मत नयाँ कमिटी चुनिएको थियो । पोखरामा बुधबार एक समारोहका बीच निर्वाचन मण्डलले पदस्थापन गराएको हो ।
नेकपा एमालेका नवनिर्वाचित केन्द्रीय सदस्यसमेत रहेका जिल्ला कमिटि कास्कीका अध्यक्ष कृष्ण थापाको प्रमुख आतिथ्यता एवं पोखरा महानगर कमिटिका अध्यक्ष दिलिप न्यौपानेको विशेष आतिथ्यतामा पदस्थापन गरिएको हो ।
अध्यक्ष थापाले नेकपा एमालेको नीति र सिद्धान्तलाई आत्मसात् गर्दै जनताको बहुदलीय जनवादलाई जनमानसमा पु¥याई वर्तमान राजनीतिक निकासका लागि पार्टीले लिएको कार्यनीतिलाई सञ्चारमाध्यम मार्फत् आम सर्वसाधारणमा पु¥याउन प्रेस चौतारीले प्रमुख भूमिका खेल्ने अपेक्षा गरे ।
विशेष अतिथि न्यौपानेले पार्टीलाई प्रचारप्रसार र रचनात्मक कार्यमा सहयोग पुगेकोमा प्रसन्नता व्यक्त गर्दै पार्टी र चौतारी हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए ।
निर्वाचन मण्डलका संयोजक दुर्गा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी कास्कीका संस्थापक अध्यक्ष पूण्य पौडेल, चौतारी गण्डकीका सह–ईञ्चार्ज श्याम कुँवर, अध्यक्ष सुष्मा पौडेल, महासचिव रुद्र श्रीष मगर, प्रदेश कमिटि सदस्य एवं निर्वाचन मण्डल सदस्य राम्जीप्रसाद लम्साल, प्रेस चौतारी कास्कीका नवनिर्वाचित अध्यक्ष अर्जुन गिरी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष गिरीले अहिलेको पूरा टीम जुझारु, क्रियाशील र योग्य रहेको भन्दै आफू अत्यन्त हर्षित रहेको बताए ।
पदस्थापन पश्चात् नवनिर्वाचित कमिटिका सचिव रञ्जन अधिकारीलाई पूर्व सचिव एवं संयोजक अर्जुन गिरी र निर्वाचन मण्डल संयोजक दुर्गा भण्डारीले माइन्यूट हस्तान्तरण गरेका थिए ।
गत मंसीर ३ गते सम्पन्न आठौं अधिवेशनबाट अध्यक्षमा अर्जुन गिरी, उपाध्यक्षमा मोतीसागर अधिकारी, उपाध्यक्ष (महिला) मा बालकुमारी पौडेल (तारा), सचिवमा रञ्जन अधिकारी, सह–सचिवमा ईश्वर देवकोटा, सह–सचिव (महिला) मा उमा आलेमगर र कोषाध्यक्षमा जीवन सुवेदी निर्वाचित भएका थिए ।
३० सदस्यीय कमिटिको २३ जना सदस्यहरुमा पुनम थापामगर, अनुप पौडेल, राजु गिरी, सुरक्षा श्रेष्ठ, विनिता सुनार, अनिता घिमिरे, अर्पण तिवारी, आशीष पुरी, दीपा पौडेल, अर्जुन थापा (मगर), सञ्जय रानाभाट, कृष्ण देवकोटा, रोजी बुढामगर, रेजिना कटवाल, सूर्य परियार, अमृतकुमार भट्टराई, काशीनाथ कुमाल, सबिन रेग्मी, रिजन ढुंगाना (दर्शन), दीपक अधिकारी, दीपेन्द्र शाही, निरज बसौला र शिव बोहरा छन् । ३ सदस्य पहिलो बैठकले मनोनित गर्ने सचिव रञ्जन अधिकारीले जानकारी दिए ।
आजको खबर
Follow Us
चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो विमोचन
१ बैशाख २०८३, मंगलवार १६:५७
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38