
प्रेस चौतारी कास्कीको सल्लाहकार समिति चयन
प्रेस चौतारी नेपाल, कास्की शाखाको प्रथम पूर्ण बैठकले सल्लाहकार चयन गर्दै थप पाँच जनालाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।

आठौं अधिवेशनबाट निर्वाचित नेतृत्वले सल्लाहकार समिति गठन गरी पाँच सदस्य थप गरेको हो । चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा शनिबार बसेको बैठकले सल्लाहकार समितिमा निवर्तमान अध्यक्ष माधव बराल, केशव पाठक, इन्द्र प्रसाद पौडेल, केशवशरण लामिछाने र रामबहादुर गुरुङलाई चयन गरेको हो ।
कमिटिलाई ३५ सदस्यीय बनाउँदै साधारण सदस्यहरु माधव भुसाल, गिरीधारी पोखरेल, ऋषिराम दाहाल, सन्दीप खनाल र अर्जुन परियारलाई कार्यसमिति सदस्यमा मनोनित गरेको सचिव रञ्जन अधिकारीले जानकारी दिए ।
चौतारीको यो पहिलो बैठकले प्रेस चौतारी स्मारिका प्रकाशन गर्ने निर्णय पनि गरेको छ । यस्तै, अधिवेशन सम्पन्न गर्न गठित दुर्गा भण्डारी नेतृत्वको निर्वाचन कमिटि, रामकृष्ण ज्ञवाली नेतृत्वको अध्यक्ष मण्डलका साथै संगठनलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत ज्ञापन गरेको छ ।
बैठकमा प्रमुख आतिथ्यता केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे र विशेष आतिथ्यता कोषाध्यक्ष ईन्द्रप्रसाद आचार्यको रहेको थियो । उपाध्यक्ष पाण्डेले चौतारीले प्रेस जगतमा खेलेको नेतृत्वदायी भूमिकाका बारेमा प्रकाश पार्दै संगठनात्मक र पेशागत विषयमा सदस्यहरुलाई मार्गनिर्देश गरेका थिए ।
उनले पत्रकारहरुको संस्थामध्ये अग्रणी स्थानमा रहेको चौतारीले आफ्ना सदस्यको पेशागत सुरक्षा र दक्षता अभिवृद्धिमा सघाउ पु¥याउने उल्लेख गरे ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26