
फागुन १ र २ गते पोखरा इन्जिनियरिङ्ग कलेजले पिइसी टेक्निकल एक्सपो गर्ने
पोखरा इन्जिनियरिङ्ग कलेजले यहि फागुन १ र २ गते सातौं पिइसी टेक्निकल एक्सपो गर्ने भएको छ ।

कलेजकै प्राङ्गण पोखरा ८ फिर्केमा सो प्रदर्शनी आयोजना गर्न लागेको आज कलेजमा आयोजित पत्रकार सम्मेलनमा कलेजका प्रशासन प्रमुख चिजकाजी गुरुङले जानकारी दिनुभयो ।
विगत वर्षहरुमा पनि कलेजले विद्यार्थीहरुको प्रतिभालाई पहिचान गरि प्रस्तुत गर्ने उद्देश्यले यसप्रकारको एक्सपो आयोजना गर्दै आएको छ ।
यसपटक एक्सपोमा टेक्निकल एक्जिभिशन, अन्तर कलेज स्तरीय सफटवेयर प्रतियोगिता, भूकम्प प्रतिरोधी भवन निर्माण लगायतको कार्यक्रमहरु आर्कषणको रुपमा रहने छ भने कलेजका विद्यार्थीहरुले यात्रा नेपाल, मोबाइल फोन सिग्नल जम्मर, स्मार्ट पार्किङको व्यवस्था, पोखराको पृथ्वीचोकको ट्राफिक कन्ट्रोल व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने नमूना कार्यक्रमहरु पनि प्रदर्शन गर्ने कलेजका रिर्सच एण्ड डेभलपमेन्ट प्रमुख सरोज गिरीले बताउनुभयो ।
एक्सोपले कलेजका विद्यार्थीहरुले अहिले बनाउँदै गरेको नमूना डिजाइनहरु अहिलेको समय सुहाउँदो छ कि छैन भन्ने कुराको पहिचान गर्न पनि सघाउने हुनाले विद्यार्थीले रात दिन एक्सपोका लागि मेहेनत गरिरहेको समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

एक्सपोमा सञ्चालन हुने अन्तर कलेज स्तरीय सफटवेयर प्रतियोगितामा पोखराका आइटी सम्बन्धी पढाई हुने करिब १२ वटा कलेजका विद्यार्थीहरुले सहभागिता जनाउने छ ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26