
फेदीखोला गाउँपालिकाद्धारा ३० करोड २० लाखको बजेट सार्वजनिक
स्याङ्जाको फेदीखोला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६÷७७ का लागि ३० करोड २० लाख ३ हजारको बजेट सार्वजनिक गरेको छ ।

गाउँ सभामा मंगलबार गाउँपालिका उपाध्यक्ष देवी थापाले पुँजीगततर्फ १३ करोड २२ लाख ६६ हजार विनियोजन प्रस्ताव गरिएको जानकारी दिइन् । चालुतर्फ नेपाल सरकारको सर्सत अनुदानबाट ११ करोड ८६ लाख र पालिकाको निर्सततर्फ ५ करोड ११ लाख गरि १६ करोड ९७ लाख ३७ हजार विनियोजन गरिएको छ ।

उपाध्यक्ष थापाका अनुसार अनुमानित खर्चमध्ये नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ७ करोड ५ लाख तथा ससर्त अनुदानतर्फ ११ करोड ८६ लाख रहेको छ । त्यसैगरि प्रदेश सरकारको समानिकरण अनुदानतर्फ १ करोड २० लाख ९४ हजार, समपुरक अनुदान १ करोड रहेको छ । राजस्व बाँडफाडबाट प्राप्त हुने तर्फ संघिय सरकारको रु ४ करोड ५१ लाख, प्रदेश सरकारको १६ लाख १६ हजार, आन्तरिक आम्दानीतर्फ ७० लाख र बाँकी आन्तरिक मौज्दात लगायतबाट व्यहोरिने थापाले जानकारी दिइन् ।
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बिकासको पहिलो सुचक भनेको नै शिक्षा र भौतिक पूर्वाधार भएकाले गाउँपालिकाले यस बजेटमा उक्त दुई विधालाई महत्व दिएको बताए । ‘गाउँपालिकाको बिशेष पहलमा गण्डकी प्रदेश सरकारको महत्वपूर्ण योजना अन्र्तगत गाउँपालिकाको वडा नं. १ गुर्दुम मा प्राविधिक महाविद्यालय बनाउन लागेकोले हामीहरु उत्साहित छौं ।’ गाउँपालिका अध्यक्ष सुवेदीको भनाई रहेको छ ‘शैक्षिक गुणस्तर सुधारेर गाउँपालिकालाई शिक्षामा अग्रणी बनाउने योजनामा हामी लागिपरेका छौं ।’

सुवेदीका अनुसार यस बर्ष कुल बजेटको ३६ प्रतिशत मात्र शिक्षालाई छुट्याइएको छ, जसअन्र्तगत शैक्षिक गुणस्तर र पुर्वाधार विकासको लागि १० करोड ४५ लाख ३३ हजार विनियोजन गरिएको हो । नयाँ आर्थिक बर्षबाट विद्यालयलाई पेपरलेस बनाउने उद्देश्य अनुरुप प्रत्येक विद्यालयमा शैक्षिक व्यवस्थापन प्रणाली सफ्टवयर लागु गरिने र प्रत्येक शिक्षकलाई प्रविधिमैत्री र सफ्टवयरमा निपुर्ण बनाउन ‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रम सुरु गरिनेछ ।
जसअन्र्तगत गाउँपालिकामा रहेका २६ वटा सामुदायिक विद्यालयका १५० शिक्षकलाई गाउँपालिका, विद्यालय र शिक्षकको साझेदारीमा ल्यापटप प्रदान गरिनेछ । जसअन्र्तगत कुल रकमको ३० प्रतिशत अनुदान गाउँपालिकाले प्रदान गर्ने र ७० प्रतिशत विद्यालयले साझेदारी गर्नेछ ।
एकातिर वर्तमान पुस्ताका विद्यार्थीहरु प्रविधिप्रतिको लगाव र प्रविधिको अपरिहार्य आवश्यकता भने अर्कातिर पुरानै ढाँचाको अध्यापन शैलिले शैक्षिक गुणस्तरमा लगानी अनुसारको प्रतिफल आउन नसक्नु देशैभरका अधिकाँश विद्यालयको साझा समस्या रहेको सुवेदीको भनाई छ ।

‘शिक्षकका भाषण, प्रवचन, व्याख्या, वर्णन जस्ता शैक्षणिक विधिलाई विस्थापित गरि अब प्रत्येक कक्षाकोठामा ल्यापटपबाट पाठ्यक्रम सुची प्रस्तुत गरिनेछ ।’ गाउँपालिकाले आफ्नो लगानीमा ८ वटा माध्यमिक विद्यालयमा बार्षिक २६ लाख खर्च गरेर दक्ष कम्प्युटर शिक्षकको व्यवस्था गर्दै आएको छ ।
महिनावारी स्वच्छन्दताको लागि गत बर्ष एक विद्यालयमा मात्र व्यवस्था गरिएको भेण्डिङ मेसिन अब प्रत्येक माध्यमिक विद्यालयमा व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ । कालोपाटीलाई विस्थापित गरि प्रत्येक विद्यालयमा सेतोपाटीको व्यवस्था गरिने, विद्यार्थीका समस्या सुनुवाई गर्न विद्यार्थीसँग अध्यक्ष, विद्यार्थीलाई वातावरण संरक्षणप्रति दायित्वबोध गराउन एक विद्यालय एक नर्सरी करेसाबारी–एक विद्यार्थी एक फलफूल विरुवा जस्ता कार्यक्रम शिक्षामा समेटिएका छन् ।
स्वास्थ्यतर्फ नयाँ आर्थिक बर्षमा रु २ करोड ३५ लाख ५२ हजार रकम विनियोजन गरेको छ । गाउँपालिकाले यसपटक गर्भवती महिलाको लागि मेडिक मोवाइल प्रविधिबाट नियमित स्वास्थ्य स्याहार तथा पोषण कार्यक्रम लागु गर्ने भएको छ ।

घरदैलोमा पुगी ज्येष्ठ नागरिक स्वास्थ्य स्याहार कार्यक्रम, प्रयोगशाला र विशेषज्ञसहितको घुम्ती स्वास्थ्य शिविर, विपन्न वर्गलाई निशुल्क स्वास्थ्य विमा, स्वास्थ्य बालबालिका प्रतियोगिता, स्वास्थ्य प्रयोगशालाको स्तरोन्नती, एम्बुलेन्स संचालन लगायतका कार्यक्रम रहेका छन् ।
यातायात पुर्वाधारतर्फ ६ करोड ६० लाख ५० हजार बजेट बिनियोजन भएको छ, जसअन्र्तगत खड्केटारी–पञ्चासे–दोविल्ला सडक, कुभिण्डे मट्टिखान नुवाकोट, सर्केटारी गल्याम पञ्चासे सडक, फेदीखोला कालाभैरव नुवाकोट सडकको स्तनरोन्नती गर्ने गाउँपालिकाले जनाएको छ ।
त्यसैगरि कृषितर्फ १ करोड ६० लाख ८० हजार बजेट बिनियोजन भएको छ । गाउँपाालिकाका विभिन्न गाउँहरुलाई नमुना कृषि गाउँ बनाउने योजना अनुरुप एक घर एक टनेल, कागती पकेट क्षेत्र, तरकारी पकेट क्षेत्र, मकैको विउ उत्पादन, नमुना युवा बाख्रा गाउँ, मौरी पकेट क्षेत्र, असारे आलु खेती प्रबद्र्धन लगायतका रहेका छन् । दुध, अण्डा र मासुमा आत्मनिर्भर बन्ने उद्देश्य अनुसार कृषकलाई प्रोत्साहन गर्ने गाउँपालिकाले जानकारी दिएको छ । कृषि प्रणालीलाई व्यवस्थित गर्न गाउँपालिकाका किसानलाई वर्गीकरण गरि कृषक परिचय पत्र वितरण गरिने नीति तथा योजनामा उल्लेख छ ।
कृषिको व्यवसायिकतामा जोड दिन गाउँपालिकामा हाइटेक नर्सरी स्थापना, कृषक उपज संकलन केन्द्र स्थापना गर्ने कार्यक्रम रहेका छन् । कृषि प्रविधि अन्र्तगत लिफिटिङमार्फत सिचाइ, साना सिचाई कार्यक्रम रहेका छन् ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26