फोनिज कास्कीको अध्यक्षमा दिलप्रसाद गुरुङ
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको छैंठौं अधिवेशनले दिलप्रसाद गुरुङको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा बिनाकुमारी थापा, सचिवमा सुशिल श्रेष्ठ, सहसचिवमा सम्राट गुरुङ र कोषाध्यक्षमा रमेश गुरुङ र सदस्यहरुमा गिता रानामगर, देविका तामाङ, मनप्रसाद गुरुङ, अल्चना श्रेष्ठ, प्राश्ना मानन्धर, रोजी बुढा मगर, योगन्द्र श्रेष्ठ र बसबहादुर शेर्पा निर्विरोध चयन हुनुभएको छ ।
यसरी नै प्रदेश महाधिवेशन प्रतिनीधिहरुमा पुलप्रसाद गुरुङ, उदयबहादुर अमात्य, गिता रानामगर, रामकुमारी गुरुङ (रत्ना), कृष्ण श्रेष्ठ (रोजी), चेतबहादुर थापा, मोमप्रसाद गुरुङ (मिलन), सुरेन्द्र गुरुङ, बेलप्रसाद गुरुङ, शंकर विरही गुरुङ, दक्षमान गुरुङ, लोकेन्द्र मानन्धर, सुरज थापा, जुना थापा, इन्दिरा गुरुङ, शिला गुरुङ, रबिना आले चयन हुनुभएको छ ।
यस्तै गरी संघीय महाधिवेशन प्रतिनिधीहरुमा दिपेन्द्र श्रेष्ठ, राजबहादुर गुरुङ, भुपाल गुरुङ, सुरज श्रेष्ठ, कविता श्रेष्ठ, हुमबहादुर गुरुङ, तिलबहादुर गुरुङ, शान्ति गुरुङ, सरस्वती गुरुङ, खेम सारु मगर र विकास रोका मगर चयन हुनु भएको छ ।
निर्वाचित कार्यसमिति र प्रतिनीधिहरुलाई निर्वाचन समितिका संयोजक अधिवक्ता सुरेन्द्र थापा मगरले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो भने निर्वाचन समितिका सदस्य अधिवक्ता जुनाकुमारी गुरुङ, प्रदेश अध्यक्ष एमबी आस्था मगर, प्रदेश इञ्चार्ज तथा अध्यक्ष मण्डलका अध्यक्ष हुमबहादुर गुरुङले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष दिलप्रसाद गुरुङले फोनिज कास्कीलाई उत्कृष्ठ बनाउने र आफु अध्यक्षको जिम्मेवारीमा रहदा कुनै राजनीतिक पत्रकार संगठनमा आवद्ध नहुनेसमेत घोषणा गर्नुभयो ।
यस अघि अधिवेशनको प्रमुख अतिथि फोनिज गण्डकी इञ्चार्ज हुमबहादुर गुरुङले उद्घाटन गर्नुहुदै फोनिज स्थापनाको उद्धेश्य प्राप्ति, आदिवासी जनजाति संघ संस्थाहरु एवम समुदायसँग समन्वय र राज्यबाट अधिकार प्राप्तिका लागि आदिवासी जनजाति पत्रकारहरु क्रियाशीलताका साथ लाग्नुपर्ने बताउनुभयो।
तमु धिं नेपालका अध्यक्ष समेत रहनुभएका गुरुङले फोनिजका लागि तमु धिंमा निर्माण हुने भवनमा कार्यलय उपलब्ध गराउने समेत घोषणा गर्नुभयो ।
कार्यक्रममा फोनिज गण्डकीका अध्यक्ष एमबी आस्था, फोनिजका सल्लाहकार तिलक पुन, तमु धिं नेपालकी महासचिव अधिवक्ता जुनाकुमारी गुरुङ, नेवा पत्रकार पुचः कास्की अध्यक्ष सञ्जय मल्लले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38