ताजा खबर

बगाले कोन्मे दिदी बहिनी परिवार दुर्लुङको पांचौ वार्षिकोत्सव सम्पन्न

   २१ पुष २०७५, शनिबार ०७:०३      1,482 views

पर्वत जिल्लाको दुर्लुङमा जन्मेर विभिन्न ठाउमा छरिएर रहेका दिदी बहिनीहरुको संस्था बगाले कोन्मे दिदी बहिनी परिवार दुर्लुङको पांचौ बार्षिकोत्सव तथा ल्होसारको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

संस्थामा आवद्ध भइ विभिन्न सामाजिक काममा सक्रिय दिदी बिहिनी परिवारको पांचौ बार्षिकोत्सवलाई सम्बोधन गर्दै परिवारका ज्येष्ठ सदस्य एवं संरक्षक क्याप्टेन टेक बहादुर तमुले कोन्मे दिदी बहिनीहरु संगठित भएर सामाजिक काममा लागेर दुर्लुङ गाउलाई चिनाउने काम गरेकोमा धन्यवाद ब्यक्त गरे । आगामी दिनमा पनि आफ्नो गाउ समाजलाई चिनाउने काममा लाग्न समेत तमुले आग्रह गरे ।


त्यस्तै बगाले कोन्मे भाइखलक परिवारका अध्यक्ष निल बहादुर तमुले दिदी बहिनी परिवारको यस्ता कार्यक्रमले दाजुभाइ र दिदी बहिनी बीच भाइचारालाई प्रगाढ बनाइ आफ्नो परिवारका नया सदस्यबीचहरु बीच चिनजान हुने मौका प्रदान गर्ने वताए । सो अवसरमा शिक्षाविद हितमान गुरुङले तमु जातिको ल्होसार पर्वको वारेमा जानकारी दिदै तमु जातिहरु अन्य काममा भन्दापनि शिक्षामा अब्बल हुनुपर्नेमा जोड दिए ।

त्यस्तै बगाले कोन्मे दाजुभाइ परिवारका कोषाध्यक्ष जीवन गुरुङले छरिएर रहेका दिदी बहिनीहरु संस्थागत भएर अगाडी वढ्नु आफैमा राम्रो भएतापनि पछिल्लो समय आदिवासी जनजातिका छोराछोरीहरु स्वदेशमा नभइ विदेशमा अध्ययन गर्ने क्रम वढ्दा मुुलुकमा आदिवासी जनजातिहरु उपल्लो तह सम्म पुग्न नसकेको वताउदै जतिपनि परिवारमा आवद्ध सदस्यहरुले आफ्ना छोराछोरीलाई स्वदेशमानै केही गर्न तर्फ उत्प्रेरित गराउनुपर्नेमा जोड दिए ।


सो अवसरमा बगाले कोन्मे दिदी बहिनी परिवारमा आवद्ध सदस्यका छोराछोरीहरु उच्च शिक्षा हासिल गर्न सफल सृष्टी तमु, आशिक तमु, बबिता तमु र आदिम ध्वज श्रेष्ठलाई सम्मान पत्र र दोसल्लाद्धारा सम्मान गरिएको थियोभने परिवारलाई सहयोग गर्ने दान बहादुर तमुलाई पनि सम्मान गरिएको थियो । त्यसैगरी परिवारमा आवद्ध जेष्ठ नागरिकहरु क्याप्टेन टेक बहादुर तमु, कम्स्यो देवी तमु, देवी तमु, साङ हिराचन र मैता कुमारी तमुलाई सम्मान गरिएको थियो भने दिदी बहिनी परिवार द्धारा दाजुभाईलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । बगाले कोन्मे दिदी बहिनी परिवारका अध्यक्ष माया गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुवेदार प्रेम बहादुर तमु, कर्णेल उदिम गुरुङ, जीवन तमु, क्याप्टेन लोक बहादुर तमु लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । परिवारका महासचिव भीम कुमारी गुरुङले सञ्चालन गरेको कार्यक्रममा परिवारका सह सचिव शोनी गुरुङले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284