
बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु ४ जना घाईते
बझाङ – बझाङमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप डौठीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि ४ जना घाइते भएका छन् । दुर्घटनामा परि ज्यान गुमाउनेमा मष्टा गाउँपालिका वडा नम्बर–१, का कलकबहादुर खड्का, उहाँका छोरा पनि रहेका छन् । यस्तै जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्वाल रहेको पवडा प्रहरी कार्यालय चैनपुरका सब–इन्सपेक्टर महानन्द जोशीले जानकारी दिनुभयो ।

घटनास्थलमा उद्धारमा खटिएका नेकपाका जिल्ला सदस्य रामचन्द्र रोकायाका अनुसार घाइतेहरुको उद्धारका लागि हेलिकप्टरबाट नेपालगञ्ज लैजाने तयारी गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
उस्तै खबर





Awesome https://is.gd/N1ikS2
Written by Helena2828 2025-04-29 23:35:08