
बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु, १७ घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत् नवलपुरको देवचुली नगरपालिका–२, दुम्कौलीमा बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नवलपुरको गैंडाकोट नगरपालिका–१४ का ६५ वर्षीया कुमारी सुनारी र सोही ठाउँका ७० वर्षीया जमुना मापथान रहेका छन् । मृतक एकजना महिलाको सनाखत भएको छैन ।
बिहीबार नारायणगढबाट पाल्पा जाँदै गरेको ना२ख ४८९० नम्बरको ट्रक र कावासोतीदेखि नारायणगढतर्फ आउँदै गरेको ना४ख ५२९५ नम्बरको यात्रीवहाक बस ठोक्किएका हुन् ।

दुर्घटनामा घाइते भएकाहरुको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अर्जुन रानाभाटले जानकारी दिए ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52