
बाग्लुङको तमानखोलाका पहिरो प्रभावितलाई प्रदेश सरकारको सहयोग
पोखरा, तमानखोला गाँउपालिकामा पहिरोमा परेर घाइते भएकाहरुलाई गण्डकी प्रदेश सरकारले राहत रकम हस्तान्तरण गरेको छ ।

गत साउन १९ गते राती अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर घम्भीर घाइते भएका ३ जनालाई उपचार खर्च बापत सहयोग रकम प्रदान गरिएको हो ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरु ४५ वर्षीय ओमबहादुर श्रीपाली, १६ वर्षीय अनिल श्रीपाली र ९ वर्षीय राम श्रीपालीलाई बुधवार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले राहत रकम हस्तान्तरण गरेका हुन ।
मन्त्री चुमानसहित मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोबिन्द नेपाली, बागलुङबाट प्रदेश सभामा प्रतिनिधित्वगर्ने प्रदेश सभा सदस्यहरु इन्द्रलाल सापकोटा,चन्द्रबहादुर बूढा, साबित्रा राना, दीपा रोका सहितको टीमले अस्पतालमै पुगेर राहत रकम हस्तान्तरण गरेका थिए । प्रदेश सभा सदस्यहरुको विशेष पहलमा पहिलो चरणमा उपचार खर्च बाफत जनही २५ हजारका दरले सहयोग गरिएको हो ।
सहयोग रकम हस्तान्तर र घाइतेहरुको स्वास्थ्य अवस्था बुझ्दै मन्त्री चुमान सहित प्रदेश सभा सदस्यहरुको टोलीले घाइतेको उपचार, विस्थापित परिवारको पुनर्स्थापना र मृतक परिवारलाई उचित राहतको व्यवस्थापनको लागि प्रदेश सरकार र केन्द्र सरकारसंग पहल गर्ने बताएका थिए ।
साउन १९ गते रातको समयमा पहिरोमा पुरिएर तमानखोला गाउँपालिका ४ लाममेलामा ३ जनाको ज्यान गएको थियो ।७ जना घाइते भएका थिए । गम्भीर घाइते ३ जनालाइ प्रतिनिधि सभाका सांसद देबेन्द्र पौडेलले गृहमन्त्रालयसँग समन्वय गरेर सेनाको हेलिकप्टर मार्फत पोखरा ल्याएका थिए । अन्य घाइतेको गाँउमानै उपचार भइरहेको छ । विपन्न समुदायको बसोबास रहेको उक्त गाँउमा पहिरोले पाँच घर पुरेको छ ।
उस्तै खबर





Awesome https://lc.cx/xjXBQT
Written by Jada2935 2025-04-25 16:38:00