
बाघमारामा रविन्द्र अधिकारी स्मृति पुरुष भलिवल प्रतियोगिता सुरु
पोखरा महानगरपालिका वडा नं ३३ स्थित बाघमारा युवा संगम समूहद्वारा आयोजित तीज महोत्सव एवम् स्व.रविन्द्र अधिकारी स्मृति पुरुष भलिवल प्रतियोगिता हिजोदेखि सुरु भएको छ प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले उद्घाटन गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्य थापाले युवाहरू राष्ट्रको महत्वपूर्ण शक्ति भएको बताउँदै खेलका माध्यमबाट एकता र सद्भाव अभिबृद्धि हुने विश्वास व्यक्त गरे । उनले स्व.रविन्द्र अधिकारीले देशमा पु¥याउनुभएको योगदानको स्मरण गरे ।
अनेरास्ववियुका विद्यार्थी नेता रश्मी आचार्यले युवा सशक्तिकरणका माध्यमबाट राष्ट्रको समृद्धि सम्भव भएको धारणा राखे । प्रतियोगिताको उद्घाटन खेलमा मातृभुमी युवा क्लब, सिंगारेवासले आँकुरा युथ क्लब कसेरीलाई लगातारको सोझो दुई सेटमा पराजित ग¥यो ।

मातृभूमीले पहिलो सेटमा २५–१७ र दोस्रो सेटमा २५–२१ को अन्तरले आँकुरालाई पराजित गरेको हो । जम्मा १० टिम सहभागी प्रतियोगिताको फाइनल खेल यही भदौ १६ गते हुने छ ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52