ताजा खबर

बेलायतको संसदमा ‘ब्रेजिक्ट’विरुद्ध अर्धनग्न प्रदर्शन

   २० चैत्र २०७५, बुधबार १३:२२      2,141 views

तीन सय ३२ वर्ष पुरानो बेलायतको संसदीय इतिहासमा सोमबार पहिलो पटक अर्धनग्न प्रदर्शन गरिएको छ । ‘ब्रेजिक्ट’ सम्झौताले जलवायु परिवर्तनको मुद्दा नसमेटेको भन्दै पर्यावरण कार्यकर्ताहरुले अर्धनग्न भएर प्रदर्शन गरेका हुन् । 

एक्सटिङ्कशन रिबेलियन ग्रुपका ११ कार्यकर्ताले संसदको पब्लिक ग्यालरी (सार्वजनिक प्रदर्शन भवन) मा २० मिनेटसम्म अर्धनग्न भएर प्रदर्शन गरेका थिए ।


प्रदर्शनकारीहरु ग्यालरीको काँचको पर्खालमा टाँसिएर उभिएका थिए र आफ्नो पिठ्यूँ सांसदतर्फ गरेका थिए । प्रदर्शनकारीहरुको छातीमा ‘सबै जीवनको लागि’ जस्ता नारा लेखिएको थियो ।


प्रहरी अधिकारीले प्रदर्शनकारीहरुलाई सार्वजनिक स्थलको मर्यादा भङ्ग गरेको आरोपमा गिरफ्तार गरेका छन् । बेलायतको संसद विश्वको कैयौं लोकतन्त्रको लागि उदाहरण हो, यसैले गर्दा यसलाई ‘मदर अफ् पार्लियामेन्ट’ (संसदको जननी) पनि भनिन्छ । 

यसअघि पनि संसदमा प्रदर्शन भएको थियो 

सन् १९७८ मा माल्टाका पूर्वप्रधानमन्त्री डोम मिन्टफकी छोरी यानाले स्कटिश होम रुलमा चलिरहेको बहशको दौरान ग्यालरी (प्रदर्शन भवन) बाट सांसदमाथि घोडाको गोबरले भरिएको झोला फ्ँयाकेकी थिइन् । 

फादर फर जस्टिसका कार्यकर्ताहरुले तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरमाथि केक बनाउन प्रयाेग हुने पाउडर फ्ँयाकिएको थियो । 


साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284