ताजा खबर

बौद्ध अर्घौ सदनमा निर्मित स्नान कक्ष हस्तान्तरण

   १९ श्रावण २०८१, शनिबार २१:४७      317 views

नेपाल मगर युवा संघ रामबजार इकाई समितिको पहलमा बौद्ध अर्घौ सदन रामघाटमा निमाण भएको स्नान कक्षाको एक समारोहका विच हस्तान्तरण गरिएको छ । निर्माण समितिका संयोजक एवं नेपाल मगर युवा संघ रामबजारका निवर्तमान अध्यक्ष ओम विरकट्टा मगरले बौद्ध अर्घौ सदनका अध्यक्ष रुद्र बहादुर घलेलाई स्नान कक्षको तालाचापी हस्तान्तरण गरेका छन् ।


हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर गण्डकी प्रदेशका उपाध्यक्ष पवित्रा थापा मगरले युवाहरुले आफ्नो समुदाय भन्दा माथि उठेर सबैको हितमा काम गरी एक उदाहरणीय संस्था बनेकोमा सह्राहनीय प्रकट गरिन् । समाज र राष्ट्र निर्माणको जिम्मा युवाको काँधमा रहेकाले विकास निर्माणमा यसरी नै हातेमालो गरेर अगाडि बढ्न आग्रह समेत गरिन् ।


निर्माण समितिका संयोजक ओम विरकट्टा मगरले किरिया पुत्रीहरुले झेल्नुपरेको समस्यालाई मध्यनजर गरी स्नान कक्षा निर्माणका लागि पहल गरेको बताउनुभयो ।


बौद्ध अर्घौ सदनका अध्यक्ष रुद्र बहादुर घलेले अरु कसैले गर्न नसकेको कार्य मगर संघ रामबजारका युवाहरुले गरिदिएकोमा धन्यवाद प्रकट गर्दैै उक्त कार्यले हरेक जाति समुदाय विच भाइचारको सम्बन्ध कायम राख्नमा मद्दत पुग्ने बताउनुभयो ।


कार्यक्रमका विशेष अतिथि नेपाल मगर संघ रामबजारका सल्लाहकार एव पूर्व अध्यक्ष कर्णबहादुर राना मगर, नेपाल मगर संघ कास्कीका सहचिव जिवन थापा मगर, बैदाम इकाइ समितिका अध्यक्ष चिन बहादुर थापा मगर, चाउथे इकाइ समितिका अध्यक्ष सुनमाया आले मगर, रामबजार इकाइ समितिका निवर्तमान कोषाध्यक्ष क्या. बेनबहादुर आले मगर, सल्लाहकार क्या. नरेश थापा मगर, महिला समिति रामबजारका सचिव रेनु थापा मगरलगायतले निर्माण समितिलाई धन्यवाद ज्ञापन गर्दै शुभकामना दिएका थिए ।


नेपाल मगर युवा संघ रामबजारको पहलमा विभिन्न सहयोगदाताहरुबाट सहयोग रकम संकलन गरी उक्त स्नान कक्षा निर्माण गरेको हो । रु. २ लाख १० हजार ९ सय लागतमा निर्माण सम्पन्न भएको संयोजक ओम विरकट्टा मगरले जानकारी दिनुभयो ।
कार्यक्रममा स्नान गृह निर्माण आर्थिक सहयोग गर्ने सहयोग दाताहरुलाई प्रमुख अतिथिद्धारा सम्मान गरिएको थियो । साथै बेलायत सेनामा भर्ती भई २०२३÷०२४ मा लगातार फस्ट किङ मेडल प्राप्त गर्न सफल निस्चल थापा मगर र खुला तथा प्रदेश स्तरीय छेलो प्रतियोगितामा ११ पटकसम्म प्रथम हुन सफल डुजिक थापा मगरलाई पनि कार्यक्रममा सम्मान गरेको थियो ।


संघका अध्यक्ष डिलु विरकट्टा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष सर्वण थापा मगरले स्वागत मन्तव्य राखेका थिए भने सचिव दिवेन थापा मगरले सञ्चालन गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284