ताजा खबर

भलाममा लागु औषध तथा मदिरा परामर्श, उपचार केन्द्र भवन

   २८ जेष्ठ २०७६, मंगलवार १७:१३      2,363 views

कम्युनिटी सपोर्ट गु्रप हेरचाह ग्राम अन्तर्गत पोखरा महानगरपालिका वडा नंं २० भलाममा लागु औषध तथा मदिरा परामर्श र उपचार केन्द्र भवन निर्माण गरिएको छ ।

लागु औषध तथा मदिरा परामर्श र उपचार केन्द्र भवनको मंगलबार एक कार्यक्रमका बीच प्रमुख अतिथि धार्मिक गुरु स्वामी ऊःपण्डिता आनन्दले उद्घाटन गरे । दुई तले उक्त भवनको लागत करिव एक करोड रहेको छ । आठ रोपनी नौ आना क्षेत्रफल रहेको उक्त जग्गा एक दशक अगाडि १० लाखमा खरिद गरिएको कम्युनिटी सपोर्ट गु्रपका अध्यक्ष मनोज गुरुङले जानकारी दिए ।

उनका अनुसार उक्त जग्गा कम्युनिटी सपोर्ट ग्रुपले महायज्ञ गरी उठाएको करिव ४५ लाख मध्ये बाट १० लाखमा जमिन खरिद गरिएको हो । ४० जनाको क्षमता रहेकोमा अहिले १७ जान भलामको उपचार केन्द्रमा रहेको कम्युनिटी सपोर्ट ग्रुपका प्रोग्राम म्यानेजर लाल गुरुङले जानकारी दिए ।


भवन निर्माणका लागि धार्मिक गुरु स्वामी ऊःपण्डिता आनन्दले २० लाख सहयोग गरेका छन् । खास गरी यस क्षेत्रको शिक्षा स्वास्थ्यमा सहयोग गर्दै आएका आनन्दले कम्युनिटी सपोर्ट गु्रपलाई पनि भवन निर्माण सहयोग गरेका हुन् ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि धार्मिक गुरु स्वामी ऊःपण्डिता आनन्दले सवै मिलि भवनको सहि सदुपयोग गर्न आग्रह गरे । ‘म सँग पैसा भएर सहयोग गरेको होइन सवैले सहयोग गरेको रकम यहाँ दिएका हौं’ उनले भने, ‘यहाँहरुले राम्रो गर्दै जानुहोस् आगामि दिनमा पनि सहयोग गर्दै जानेछौं ।’
पोखरा महानगर पालिका वडा नं. २० का वडा अध्यक्ष सिम गुरुङले राज्यले गर्ने काम संघ संस्थाले गरेको भन्दै आभार व्यक्त गरे ।


‘कम्युनिटी सपोर्ट गु्रपले हाम्रै वडामा आएर उदाहरणिय काम गरेको छ’ वडा अध्यक्ष गुरुङले भने, ‘तपाईहरुको हरेका काममा वडाको तर्फबाट हार्दिकताका साथ सर्पोट रहन्छ ।’ स्वामी ऊःपण्डिता आनन्द फाउण्डेशन अन्नपूर्णका संयोजक जगन गुरुङ धार्मिक गुरु स्वामी ऊःपण्डिता आनन्दले यस अन्नपूर्ण क्षेत्रमा पाँच करोड भन्दा वढि आर्थिक सहयोग गरेको जानकारी दिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284