
भारोत्तोलनमा नेपाललाई दोहोरो स्वर्ण
१३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले दोहोरो स्वर्ण जित्न सफल भएको छ । पुरुष ८९ केजी तौल समूहमा नेपालका विकास थापाले शुक्रबार स्वर्ण जित्न सफल भएका हुन् । यसअघि बिहीबार सञ्जु चौधरीले महिलातर्फ ५९ केजीमा स्वर्ण जित्दै इतिहास रचेकी थिइन् ।

नेपाल प्रहरीका विकास थापाले स्न्याचमा १ सय २३ र क्लीन एण्ड जर्कमा १ सय ४६ सहित कुल २ सय ६९ केजी भार बहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गरे ।
छनोट चरणमा उनको नाममा स्न्याचमा १ सय २२ र क्लीन एण्ड जर्कमा १ सय ४२ सहित २ सय ६४ केजीको रेकर्ड रहेको भारोत्तोलन प्रतियोगिताका प्रवक्ता रुकेश तण्डुकारले बताए । थापा १२ औं संस्करणका रजत विजेता पनि हुन् ।

८९ केजी तौल समूहमा बंगलादेशका खेलाडी मो सकायत हुसेनले रजत जिते । उनले स्न्याचमा १ सय २३ र क्लीन एण्ड जर्कमा १ सय ४५ गरी कुल २ सय ६८ केजी तौल उठाउँदै रजतमा सीमित भएका हुन् । प्रतियोगितामा भाग लिएका पाकिस्तानी खेलाडी अबुर रहमान बिरामीले खेल्न सकेनन् ।
यस्तै, ८१ केजी तौल समूहमा पाकिस्तानका हैदर अलिले स्वर्ण पदक जित्न सफल भए । उनले स्न्याचमा १ सय ४२ केजी र क्लीन एण्ड जर्कमा १ सय ७६ केजी गरी ३ सय १८ केजी भार बहन गरे । भारतका अजय सिंहले स्न्याचमा १ सय ४० केजी र क्लीन एण्ड जर्कमा १ सय ७६ केजी गरी ३ सय १६ केजी भार बहन गरे । श्रीलंकन खेलाडी भिसिजि विदाङ्गेले कास्य पदक हात पारे । उनले स्न्याचमा १ सय २८ केजी र क्लीन एण्ड जर्कमा १ सय ६० केजी गरी २ सय ८८ भार बहन गरे । जितपछि विकासले देशलाई स्वर्ण दिलाउन सफल भएकोमा खुसी लागेको प्रतिक्रिया दिए ।
साग इतिहासमै नेपालले भारोत्तलनबाट सर्वाधिक पदक जित्न सफल भएको छ । जारी संस्करणमा पनि नेपालको पदक संस्था २ स्वर्ण सहित ६ कास्य पुगिसकेको छ ।
पोखरा १२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा शुक्रबारकै खेलमा नेपालका तर्फबाट कमलबहादुर अधिकारी (६७ केजी), प्रकाश केसी (७३ केजी), राज्यलक्ष्मी थापा (७१ केजी) र देवी चौधरी (६४ केजी) ले कास्य जितेका छन् । बिहीबारको खेलबाट सञ्जु चौधरीले स्वर्ण सहित संगीता राई (४५केजी) र तुलाराम महतो (५५ केजी) ले कास्य जितेका थिए ।
चार दिनसम्म चल्ने भारोत्तोलन प्रतियोगितामा महिला पुरुषतर्फ १०÷१० इभेन्ट्समा २० स्वर्णका लागि खेल हुनेछ । हालसम्म १२ वेट समूहमा खेल सम्पन्न भैसकेकोमा अब ८ वटा वेट समूहमा खेल हुन बाँकी छ ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26