
भूम्या पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्छ ः उपसभामुख थापा
गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले भूम्या पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने बताउनुभएको छ । अठार मगरात क्षेत्रका मगर समुदायको मौलिक पर्व भूम्याको अवसरमा शनिबार आयोजित मेला एवं सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै उपसभामुख थापाले भूम्या पर्वलाई राष्ट्रिय पर्वको मान्यतासहित सार्वजनिक बिदा दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

रोल्पा–पोखरा सम्पर्क समाज र रुकुमेली एकता सम्पर्क समाज, पोखराले संयुक्त रुपमा आयोजना गरेको मेलामा बोल्दै उहाँले भूम्या पर्वलाई मगर जातिमा मात्र सीमित राख्न नहुने उल्लेख गर्नुभयो । उहाँले यस पर्वलाई व्यापकता दिन आवश्यक रहेको बताउँदै भूम्या पर्व मौलिक र वैज्ञानिक पर्व रहेको धारणा व्यक्त गर्नुभयो । उपसभामुख थापाले लोपोन्मुख संस्कार, संस्कृतिको संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउँदै भूम्या पर्व आदिवासी मगर जातिको मौलिक पहिचान भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का “बिखर्ची”, नेपाल मगर संघका उपमहासचिव खेम पुन, नेकपा (माओवादी केन्द्र)का नेता आशमान रोका “पवन”, नेपाल कम्युनिष्ट पार्टीकी नेतृ सावित्रा दुरा “आस्था”, माओवादी केन्द्रका युवा नेता सुवर्ण, राप्ती सल्यान–पोखरा सम्पर्क समाजका वरिष्ठ उपाध्यक्ष वीरसिंह बुढालगायतले भूम्या पर्वको शुभकामना दिनुभएको थियो ।

सो अवसरमा नेपाल मगर संघका केन्द्रीय सल्लाहकार हर्कबहादुर पुन, केन्द्रीय कोषाध्यक्ष पूर्णबहादुर राना, केन्द्रीय सदस्य हर्क आले, गण्डकी प्रदेशकी उपाध्यक्ष पवित्रा थापा, कास्की जिल्ला अध्यक्ष रामबहादुर थापा, पोखरा महानगर समितिका अध्यक्ष ओम श्रीस, नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेश समन्वय परिषद्का महासचिव सुजनकुमार लामालगायतको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा भूम्या नाच समेत प्रस्तुत गरिएको थियो । रोल्पा–पोखरा सम्पर्क समाजका अध्यक्ष रामकुमार बुढाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समाजका सल्लाहकार प्रसाद बुढा र रमेश बुढा एवं रुकुमेली एकता सम्पर्क समाज, पोखराका संस्थापक अध्यक्ष फत्तेजंग गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसअघि, भूम्या नाचसहितको झाँकी ¥याली लखनचोकबाट सुरु भइ नयाँबजार हुँदै मेलास्थल पोखरा प्रदर्शनी केन्द्रमा पुगी कार्यक्रममा परिणत भएको थियो । त्यस अवसरमा भूमि देवताको पूजा गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो । भूम्या पर्व रोल्पा, रुकुम, दाङलगायतका जिल्लामा विशेष रुपमा मनाउने गरिन्छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38