मगर चलचित्रकर्मी संघ कास्कीको अध्यक्षमा राहुल थापा मगर

मगर चलचित्रकर्मी संघ कास्कीको अध्यक्षमा राहुल थापा मगर सर्वसम्मत चयन भएका छन् । पोखरामा सम्पन्न भएको संघको तेस्रो जिल्ला अधिवेशनले थापा मगरलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो ।
कार्यसमितिको उपाध्यक्षमा अशोक आले मगर र सचिवमा प्रियंका गर्बुजा मगर, सह–सचिवमा ओम बहादुर थापा मगर र कोषाध्यक्षमा मुना राना मगरलाई चयन गरिएको छ । कार्यसमितिको सह–कोषाध्यक्षको जिम्मेवारी भने ओम प्रकाश बुढा मगरले पाएका छन् ।
कार्यसमिति सदस्यहरुमा अनुका रोका मगर, गोपाल धर्ती मगर, अरिद थापा मगर र विमल थापा मगर, गुप्त बहादुर पुन मगर, जोनेस पुर्जा पुन र विलास राना रहेका छन् ।
नयाँ नेतृत्व चयन भएपछि नवनिर्वाचित अध्यक्ष थापा मगरले संस्थाको गरिमा उच्च राख्न आफूहरु प्रतिबद्ध रहेको बताए । ‘हामी सबैको सहकार्यबाट संस्थालाई नयाँ उचाइमा पुर्याउने संकल्प गरेका छौँ’, उनले भने, ‘आगामी दिनमा सामूहिक भावनाका साथ अगाडि बढ्नेछौँ ।’ उनले नयाँ समितिले सबै सदस्यहरुको भावनालाई समेटेर काम गर्ने विश्वास समेत दिलाए ।
अधिवेशनको उद्घाटन सत्रका प्रमुख अतिथि मगर चलचित्रकर्मी संघ केन्द्रिय समितिका उपाध्यक्ष देव चोचाङ्गीमगरले गण्डकी प्रदेश मगरहरुको सभ्यता बोकोको भौगोलिक, सांस्कृतिक र ऐतिहासक भूमि भएकाले यो क्षेत्रलाई मगर चलचित्रको राजधानीको रुपमा विकास गर्नु जरुरी रहेको बताउनुभयो । यसका लागि सम्बन्धित कलाकार संगै संघसंस्था र समुदायको अहम भूमिका रहेकोले सबैले आआफ्नो क्षेत्रबाट सहकार्य र सहयोगी भावना लिएर अगाडि बढ्न आह्वान गर्नुभयो ।
यसैगरी मगर चलचित्रकर्मी संघ केन्द्रय समितिका पूर्व महासचिव मेजन पुन मगरले मगर समुदायभित्रका विविध भाषा, संस्कार संस्कृतिलाई समेटेर उत्कृष्ठ चलचित्र निर्माण गर्न सकिने बताउँदै अझै मगरहरुको सुसुप्त अवस्थामा रहेका विविध पक्षहरुलाई चलचित्र मार्फत उजागर गर्न आवश्यक रहेको बताउनुभयो ।

यसैगरी चलचित्रकर्मी, तथा संस्कृतिकर्मी हर्क आले मगरले चलचित्रको माध्यमबाट मगरहरुको भाषा, संस्कार, संस्कृतिका विषयलाई नयाँ युवा पुस्ता माझ पुर्याउन र मौलिक पहिचानबारे सचेत गराउन जरुरी रहेको बताउनुभयो । अहिलेको समय प्रतिस्पर्धाको समय भएकाले पनि अब बन्ने चलचित्र भाषागत, संस्कारगत र गुणस्तरीयताको हिसावले उत्कृष्ठ हुनु आवश्यक रहेको औल्याउनुभयो ।
यसैगरी कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेशका महिला उपाध्यक्ष पवित्रा थापा मगर, आदिवासी जनजाति पत्रकार संघ गण्डकी प्रदेश इन्चार्ज रुद्र श्रीस मगर, मगर चलिचत्रकर्मी संघ गण्डकी प्रदेश समितिका अध्यक्ष सन्तोष पिठाकोटे मगर, संघका निवर्तमान उपाध्यक्ष केशव आले मगर लगायतले नवनिर्वाचित समितिलाई शुभकामना तथा बधाइ दिएका थिए ।
कार्यक्रममा मगर चलिचत्रकर्मी संघ गण्डकी प्रदेशका नवनिर्वाचित समितिलाई सम्मान गरिएको थियो । विगत लामो समयदेखि समुदायको चलचित्र निर्माणमा महत्वपूर्ण योगदान दिएकोमा चलचित्र निर्देशक तथा गण्डकी प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष सन्तोष पिठाकोटे मगरलाई पनि सम्मान गरिएको थियो । विभिन्न कलाकारहरुको मौलिक सांस्कृतिक नृत्यले कार्यक्रम थप रोचक बनेको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38