मगर भाषा तथा लिपि प्रशिक्षणको समापन
नेपाल मगर संघ, पोखरा महानगर समितिको आयोजनामा भएको १५ दिने मगर भाषा तथा लिपि प्रशिक्षणको मंगलबार समापन गरिएको छ । पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा भएको सो भाषा तथा लिपि प्रशिक्षणका सहभागीलाई भाषा प्रशिक्षक रूद्रबहादुर श्रीसमगर र नेपाल मगर संघ, पोखरा महानगर समितिका अध्यक्ष ओमप्रसाद श्रीसमगरले प्रमाणपत्र वितरण गर्नुभयो ।

समापन कार्यक्रममा बोल्दै प्रशिक्षक श्रीसले कुनै पनि भाषा सिकेर मात्र नहुने बताउँदै बोलीचालीमा प्रयोग गर्न सके मात्र भाषाले जीवन्तता प्राप्त गर्ने बताउनुभयो । अभ्यासविना भाषा बोल्न सिक्नु सहज नभएको उल्लेख गर्दै उहाँले भाषा सिक्ने इच्छाशक्तिसँगै निरन्तरता पनि आवश्यक रहेको बताउनुभयो ।
नेपाल मगर संघ, कास्की अन्तर्गतका सम्पूर्ण इकाई समितिहरूको तर्फबाट बोल्दै नेपाल मगर संघ, माटेपानी इकाई समितिका कार्यवाहक अध्यक्ष इञ्जिनियर बमबहादुर श्रीसमगरले लोपोन्मुख हुँदै गरेको मगर भाषाको संरक्षणमा यस्ता प्रशिक्षणले धेरथोर टेवा पुग्न सक्ने भन्दै हरेक इकाई तहसम्म मगर भाषा प्रशिक्षण अभियान सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
प्रशिक्षार्थी एवं नेपाल मगर संघ, पोखरा महानगर समितिका सदस्य दिलु पुनमगरले छोटो अवधिको प्रशिक्षण भएपनि धेरै कुरा सिक्न सफल भएको भन्दै आगामी दिनमा पनि यस्तो प्रशिक्षणलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । त्यस्तै, अर्की प्रशिक्षार्थी सपना थापामगरले आधा महिनाको अवधिमा पनि मगर भाषाका आधारभूत कुरा सिक्न पाएको उल्लेख गर्दै महानगर समितिलाई फेरि पनि यस्तै भाषा प्रशिक्षणको आयोजना गर्न आग्रह गर्नुभयो ।
नेपाल मगर संघ, पोखरा महानगर समितिका अध्यक्ष ओमप्रसाद श्रीसमगरले थोरै बजेट भएपनि सक्दो धेरै कुरा सिकाउने प्रयास आयोजकले गरेको भन्दै आगामी दिनमा पनि मगर भाषा संरक्षणका लागि विभिन्न कार्यक्रम ल्याउने जानकारी दिनुभयो । नेपाल मगर संघको अभियानमा पोखरा महानगरपालिका, सामाजिक विकास महाशाखाले साथ दिएको भन्दै अध्यक्ष श्रीसले धन्यवाद समेत दिनुभयो ।

कार्यक्रममा नेपाल मगर संघ, पोखरा महानगर समितिका उपाध्यक्ष मुन्नु थापामगर, सचिव केशबहादुर थापामगरले बोल्नुभएको थियो । सो अवसरमा प्रशिक्षार्थीहरूले आफूले सिकेको मगर भाषाको आधारमा हुर्रा गीत समेत प्रस्तुत गरेका थिए । नेपाल मगर संघ, दीप–बगर इकाईबाट सहभागी प्रशिक्षार्थीहरू रुमा राई थापामगर, दिलमाया थापामगर, रुपा थापामगर र थकमाया रानामगरले मगर भाषामा हुर्रा गीत गाएर मनोरञ्जन दिलाउनुभएको थियो । गत माघ ११ गतेदेखि सुरु भएको मगर भाषा तथा लिपि प्रशिक्षणमा नेपाल मगर संघ, पोखरा महानगर अन्तर्गतका विभिन्न इकाईबाट सय जना भन्दा बढी प्रशिक्षार्थी सहभागी थिए ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38