मगर संसारद्दारा नायिका तथा कलाकार सृष्टि रानालाई रू. २ लाख बराबरको सहयोग रकम हस्तान्तरण
मगर संसार फोटो ग्यालरीद्वारा मगर नायिका तथा कलाकार सृष्टि राना मगरलाई रू. २,०१,४६५।– रुपियाँ सहयोग हस्तान्तरण गरेको छ ।
“भेषभूषा, भाषा, धर्म, संस्कार, संस्कृतिलाई संरक्षण गरौ, विश्वभरिका मगरलाई एकजुट गराऔं” भन्ने उद्देश्यले २०७४ सालमा स्थापित अनलाइन फेसबुक ग्रुप मगर संसार फोटो ग्यालरीले विभिन्न अवस्थाका दुखी, गरीब, बिरामी, अशक्तहरुलाई सहयोग गर्दै आएको छ भने घर विहिन गरिव परिवारलाई घर निर्माण गरी सहयोग गरेको छ । यसैगरी भरखरै मात्र मगर संसारले कलाकार सृष्टि रानालाई उपचारको लागि रकम सहयोग गरेको छ ।

मगर संस्कृतिमा आधारीत चलचित्र दिलसरा फिल्मकी नायिका तथा कलाकार सृष्टि राना मगर केही दिन अगाडि सामान्य बिरामी भएर पोखरा मणिपालमा भर्ना भएको र भर्ना हुनासाथ दुवै खुट्टा नचलेर आइ सि यु केही दिन राख्नुपरेको थियो । न्युरो सम्बन्धी समस्या देखिएपछि उनलाई थप उपचारको लागि काठमाडौं टिचिङ हस्पिटलमा लगिएको थियो । डाक्टरको भनाइ अनुसार सृष्टिको उपचारको लागि लामो समय लाग्ने र महंगो औषधी खानुपर्ने बताएका छन् ।
२ बर्ष देखि सृष्टिकी आमा पनि क्यान्सर रोगले ग्रस्त छिन् । आफ्नो आमाको स्याहार सुसार र उपचारमा घटिरहेकी सृष्टि आफै यतिबेला प्राणघातक रोगले ग्रसित छिन् । आमाको उपचारको लागि लाखौ रकम खर्च गरिसकेका सृष्टिको परिवारमा यतिबेला दुई आमाछोरीको उपचारको लागि खर्च जुटाउन हम्मेहम्मे परेको छ । घरको आर्थिक अवस्था निकै कमजोर बन्दै गएपछि उनको थप उपचारको लागि मगर संसार फोटो ग्यालरीसँग सहयोगको अपिल गरेको थियो । मगर संसारका अध्यक्ष अनिल लामिछाने थापा मगरको सक्रियतामा मगर संसारमा सृष्टिको उपचारको लागि आर्थिक अभियान संकलन सुरु भएकोे हो ।

शुरुमा मगर संसारले आफ्नो आपतकालिन रहतकोषबाट रु. २० हजार सहयोग घोषणा गरे सँगै देश तथा विदेशमा रहेका नेपालीहरुले सृष्टि रानाको लागि मगर संसारमार्फत सहयोग आएको अध्यक्ष लामिछाने मगरले बताए ।
सहयोग अपील मार्फत संकलन भएको रकम मगर संसारका एडमिनहरु टुगा रानामगर, आनन्द कुँवर मगर, मिलन थापा मगर तथा चलचित्र दिलसराका निर्माता मिना थापा मगर र पत्रकार रुद्र श्रीस मगरको उपस्थितिमा नायिका निवासमा पुगी सहयोग हस्तांतरण गरेको थियो ।
तनहु जिल्ला भिमाद नगरपालिका ४ पिरुङमा जन्मेका २४ बर्षीय सृष्टि राना हाल पोखरामा बस्दै आएकी छिन् । मौलिक तथा सांस्कृतिक नृत्य क्षेत्रमा आफूलाई स्थापित गराई सकेकी सृष्टिको पहिलो फिल्म दिलसरा रहेको र हाल उनी दिलसराको नायिकाको रुपमा परिचित छिन् ।
बिरामी सृष्टिको अवस्था सुधारोन्मुख भएतापनी अझै रकम अपूग रहेकोले सकेको सहयोग गरिदिनु हुन सम्पूर्णमा आग्रह गरेको छ ।
फेसबुक अनलाइन ग्रुप मगर संसार फोटो ग्यालरीले हालसम्म नेपाली ३ करोड बढी रकम संकलन गरेर २८० जना असहाय विरामी तथा गरिव परिवारलाई सहयोग गर्दै आएको अध्यक्ष अनिल लामिछाने मगरले बताए ।
सहयोग पठाउनु हुने मनकारी सहयोगीहरु:-
१) मगर संसार आपतकालीन राहतकोषबाट रू: २०,०००/-
२) अनिल लामिछाने मगर (मगर संसार अध्यक्ष/सहयोग संयोजक) – हाल कोरिया 25,000/- वोन
३) कांशु पुन मगर ( जन्मदिनको अवसरमा) – बागलुङ् हाल कोरिया 20,000 /- वोन
४) नरमाया आले मगर – म्याग्दे ३ धयँरे तनहुँ नेपाल मगर संघ म्याग्दे गाउँ कार्य समितिको सस्थापक अध्यक्ष रू:५,०००/-
५) मन बहादुर घर्ती मगर – बुटवल ११ देवीनगर हाल कतार रू:३,५००/-
६) निरु पुन मगर – नवलपरासी सुनवल ३ कीर्तिपुर १ रू:२,०००/-
७) बलु थापा मगर (मगर संसार एडमिन ) – स्याङजा गल्याङ् रू.१,०००/-
८) भक्त बुढा मगर – कैलाली गोदावरी १ रू.२,००५/-
९) डान्सर कलाकार आरुषि मगर – सुर्खेत हाल ktm रू.५,०००/-
१०) देवी पचभैया मगर – नेपाल मगर महिला संघ तिलोत्तमा ४ रूपन्देही को अध्यक्ष रू.२’०००/-
११) प्रिटी केपछाकी मगर – तेह्रथुम हाल कोरिया रू.२,५००/-
१२) तम्मर जंग थापा मगर – ओमसतिया १ भैरहवा कुसमा मगर समाज अध्यक्ष रू.३,०००/-
१३) शशि थापा मगर – गुल्मी कालीगण्डकी ६ रम्फै रू.१,०००/-
१४) बिक्की मगर – सुनवल नगरपालिका वडा नं. ४ तुरिया नवलपरासी (ब.सु.प.) हाल:- रोमानिया रु.३,३३३/-
१५) दिवस घर्ती मगर – कोहोलपुर हाल कोरिया रू.५,५५५/-
१६) गम थापा मगर – पोखरा १५, रामबजार रू.२,०००/-
१७) देव थापा मगर – पोखरा हाल कोरिया 25,000/- वोन
१८) खिम बगाले मगर – टिनाऊ १ कचल पाल्पा रू.१,१११/-
१९) बिक्रम बारघरे मगर – पाल्पा हाल अमेरिका रू.५,००१/-
२०) गम थापा मगर- भैरहवा सिदार्थ १३ हाल सुर्खेत रू.५,०००/-
२१) देउमाया रानामगर – माले पाटन पोखरा ५ रू.१०,०००/-
२२) शिवानी थापा मगर (बाल कलाकार)- बागलुङ् हाल ktm रू.१,८१८/-
२३) प्रेम सारू मगर – देवदह ५ खैरेनी हातबजार रूपन्देही हाल कोरिया 25,000/- वोन
२४) दिपु मगर (मगर संसार एडमिन ) – प्यूठान हाल बुटवल रू.१,१००/-
२५) दिवान गुरुङ – पोखरा हाल हङकङ रू.१०,०००/-
२६) उदय थापामगर( जन्मदिन को अवसरमा) – देवदह ५ खैरेनी रूपन्देही रू.१,१००/-
२७) भोज चोहान मगर द्वारा छोरी सारा चोहान को नामबाट – पाल्पा बगनासकाली ४ खानिछाप हाल कोरिया 25,000/- won
२८) हरि रोका मगर – ललितपुर ३धोबीघाट रू.५,०००/-
२९) गगन पुन मगर – म्याग्दी रघुगंगा ७ चिनखोला रू.५००/-
३०) हङकङ बाट एकमुश्त सहयोग रू.२१,३००/- सहयोगीहरु दुर्गा राना मगर – देवदह खैरेनी लक्ष्मी बुरा मगर – बुटवल भुमा थापा मगर – वालिङ् सुनु सारु मगर – वालिङ
३१) आशिष रानामगर – स्याङजा गल्याङ् ५ बाठा रू.२,५००/-
३२) यम थापा मगर – तनहु ब्यास २ दमौली रू.२,५१५/-
३३) माया दर्लामी मगर (मिस मगर नेपाल 2024 का viewers choice ) – स्याङजा वालिङ् रू.१,०५०/-
३४) रिम मगर – स्याङ्जा हरिनास हाल चितवन भरतपुर २० सारदा नगर रू.५,०००/-
३५) अमर दर्लामी मगर – बुटवल १३ बेलबास हाल कोरिया 20,000 /- वोन
३६) नेत्र सोराली मगर द्वारा स्वर्गीय ममतामयी आमाको नामबाट – ओखलढुंगा लिखु ६ हाल कोरिया 20,000/-वोन
३७) वेल्सन मगर द्वारा छोरा को जन्मदिनको अवसरमा – बाग्लुङ् ढोरपाटन ६ मोरङ हाल कोरिया 50,000/- वोन ३८) तम्मर जंग थापा मगर – ओमसतिया १ भैरहवा कुसमा मगर समाज अध्यक्ष को पहलमा उहाँको दाजु बेल्जियमबाट एकमुश्त सहयोग रू.३,१६१५/-
३९) कृष्ण पुन मगर – बाग्लुङ् हाल पोखरा रू.३,५००/-
४०) सुनिता रानामगर – पोखरा ८ नागढुंगा रू.२”५००/-
४१) महेश गाहा मगर – स्याङजा गल्याङ् ४ अधिकारी डांडा रू.५,५५५/-
४२) ज्ञानेन्द्र बहादुर मगर – रामेछाप रामपुर ५ हाल क्यानाडा रू.३,१०२/-
४३) सरस्वती थापा आले मगर(शुभ जन्मदिनको अवसरमा) – आले डेण्टल अस्पताल बुटवल/तानसेन का संचालिका हाल पाल्पा तानसेन रू.४,०००/-
जम्मा सहयोग रू.२,०१,४६५/- (दुइ लाख एक हजार चार सय पैसठी )
बिरामी सृति को स्वास्थ्य लाभको कामना सहित सहयोगी मनहरूमा बिशेष धन्यवाद ब्यक्त गर्दछौं। Note:-बिरामी सृति रानामगरको लागि सहयोग अजै आवश्यक परेकोले सकेको सहयोग गरीदिनु हुन सबैमा पुनः अपील गर्दछौं। संस्थापक अध्यक्ष / सहयोग संयोजक :- अनिल लामिछाने थापा मगर
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38