ताजा खबर

मगर संसारद्धारा बागलुङकी बिनिसा र सुनवलका एन्जल बुढाथोकीलाई आर्थिक सहयोग हस्तान्तरण

   १२ कार्तिक २०८२, मंगलवार २१:५१      281 views

बाग्लुङकी बिरामी बिनिसालाई मगर संसारद्वारा रू.२५,०२५ सहयोग हस्तान्तरण गरिएको छ । अनलाइन फेसबुक ग्रुप मगर संसार संसार फोटो ग्यालरीले २८६ औं आर्थिक सहयोग हस्तान्तरण सम्पन्न गरेको छ ।


बाग्लुङ जिल्ला तमानखोला १ निवासी श्री भेजिन्द्र रोका मगरको छोरी ३ बर्षीय बिनिशा रोका मगरको निमोनियाको कारण सिकिस्त भई टिचिङ अस्पताल काठमाडौंमा उपचार भैरहेको र थप उपचारको लागि निजको आर्थिक अवस्था कमजोर भएको हुँदा बुबा भेजिन्द्रले मगर संसारसँग सहयोग अपील गरेका थिए ।


सोही अनुरुप मगर संसारले बिनिसा बचाउ अभियान सुरु गरेको र अभियानबाट २५,०२५ रुपियाँ संकनल भएकोमा सो रकम बिरामी लाई हस्तान्तरण गरिएको छ । सहयोग रकम मगर संघ क्षेत्रीय समिति बुर्तिबाङको रोहबरमा बुझाइएको अभियानका संयोजक अनिल लामिछाने थापा मगरले बताए ।


सुनवलका एन्जल बुढाथोकी मगरलाई आर्थिक सहयोग सम्पन्न

यसैगरी मगर संसारले अर्को सहयोग नवलपरासी जिल्ला सुनवलका एन्जल बुढाथोकी मगरलाई प्रदान गरेको छ । मगर संसारको यो २८७ औ सहयोग हो ।
नवलपरासी जिल्ला सुनवल ३ नदुवा निवासी बोनम्यारो पिडित १६ बर्षीय एन्जल बुढाथोकी मगरको थप उपचारको लागि रू. २४,५०० सहयोग संकलन गरी मगर संसारका एडमीन प्रिया रानामगर र अशिम पुन मगरले विरामीलाई हस्तान्तरण गरेका छन् ।


अर्थिक अवस्था कमजोर भएका दुःखी, गरीव, असहाय विरामीहरुलाई सहयोग संकलन गर्दै आएको मगर संसारको यो २८७ औं सहयोग हो । आर्थिक सहयोग गर्नुहुने सहयोगदाताहरुलाई अभियानका संयोजक अनिल लामिछाने मगरले विशेष धन्यवाद व्यक्त गरेका छन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284