मगर संसारद्धारा स्व. टुकबहादुरको परिवारलाई घर हस्तान्तरण
स्याङ्जा जिल्ला चापाकोट ३ पिपल डांडामा जन्म भई हाल देवदह ७ सितलनगर निवासी कोरियामा कार्यरत अनलाइन मगर संसार फोटो ग्यालरी ग्रुप\पेजका संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता अनिल लामिछाने मगरको बिशेष सक्रियतामा मगर संसारद्वारा तेस्रो घर निमार्ण गरी हस्तान्तरण गरिएको छ ।
आर्थिक अवस्था कमजोर भएका स्याङजा चापाकोट ३ पिपल डांडा निवासी स्वर्गीय टुक बहादुर बिर्कट्टा मगरको परिवारलाई सो घर निर्माण गरी बैशाख १९ गते एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो ।

आर्थिक अवस्था कमजोर रहेका स्वर्गीय टुक बहादुर बिर्कट्टा मगरको थप उपचारको लागि अध्यक्ष लामिछाने मगरको पहलमा मगर संसार फोटो ग्यालरीले सहयोग अभियान संचालन गरेको थियो तर सहयोग रकम हस्तान्तरण गर्न नपाउँदै क्यान्सर पीडित ६३ बर्षीय टुक बहादुरको पोखरामा उपचारकै क्रममा २०८१ माघ १५ गते निधन भएको थियो ।
अभियानमा लगभग १ लाख बढी सहयोग रकम उठेको र टुक बहादुरको निवास जीर्ण र असुरक्षित रहेकाले उठेको रकममा थप सहयोग संकलन गरी उनको परिवारको लागि घर निर्माण गरिदिएको थियो ।
सहयोग अभियानमा रु छ लाख तीन रुपियाँ सहयोग उठेको र त्यसमध्ये घर निमार्णमा रू.५,१५,४३५ रुपैयाँ खर्च भएको अध्यक्ष लामिछानेले बताए । घर हस्तान्तरण गर्न टुक बहादुर निवास पुगेका मगर संसारका एडमिन टीम मार्फत् बाकी रकमले परिवारलाई आवश्यक खाद्दन्न, जिंसी सामग्री, लत्ताकपडा र साथमा नगद रकम हस्तान्तरण गरेको थियो । कार्यक्रममा घर निर्माण रेखदेखका जिम्मा बहन गर्ने स्याङ्जा वालीङ निवासी क्याप्टेंन बोम बहादुर थापा मगरले घर निर्माणमा लागेको खर्च बिबरण प्रस्तुत गरेका थिए ।

नयाँ घरसँगै आफुहरुले नयाँ जीवन पाएको भन्दै विरकट्टा परिवारले खुसी व्यक्त गरे भने सहयोग गर्ने सम्पूर्ण सहयोगदाताहरु र मगर संसार फोटो ग्यालरी परिवारलाई विशेष धन्यवाद दिए ।
मगर संसार फोटो ग्यालरीका संस्थापक अध्यक्ष अनिल लामिछाने मगरका बाबा केश बहादुर लामिछाने मगरको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा समाजसेवी दुर्गा सारु मगरले स्वागत मन्तव्य राखेकी थिइन् भने मगर संसारका एडमिन शान्ति राना मगरले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।
टयाङ्च लाम आमा समूह पिपल डांडाले मगर संसारका एडमिनहरु लाई फुलमालाले स्वागत गर्नुका साथै खानपान तथा आवासको ब्यवस्थापन गरेको थियो । मगर संसारका १२ जना एडमिनहरु स्वर्गीय टुक बहादुर निवास हस्तान्तरण गर्न स्याङ्जा चापाकोट ३ पिपल डांडा पुगेका थिए ।
दुःखी, गरिव र असहाय विरामीको लागि आर्थिक सहयोग संकलन गरी धेरै विरामीहरुको जीवन बचाउन सफल मगर संसारले आजसम्म २६९ औं सहयोग सम्पन्न गरिसकेको अध्यक्ष लामिछानेले बताए । मगर संसारले आजसम्म रु. तीन करोड माथि सहयोग संकलन गरी मगर समुदाय लगायत अन्य समुदायका बिभिन्न समस्यामा परेका बिरामी, गरीब परिवारलाई सहयोग गरिसकेको उनले जानकारी दिए ।

आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38