ताजा खबर

मगर संसारले ६३ औँ अनलाइन प्रतियोगिता “मगर संसार डान्स आइडल” आयोजना गर्दै

   ८ मंसिर २०८२, आईतवार १७:०५      239 views

सामाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसार फोटो ग्यालरीले ६३ औं अनलाइन प्रतियोगिताको आयोजना गर्ने भएको छ । मगरहरुको राष्ट्रिय पर्व माघे सक्रातिको अवसरमा मगर “संसार डान्स आइडल सिजन २” आयोजना गर्ने संस्थापक अध्यक्ष अनिल लामिछाने थापा मगरले जानकारी दिनुभयो ।


आइडल एकल नृत्य प्रतियोगिता हुने र सबै उमेर समुहले सहभागिता जनाउन सकिने जनाएको छ । सहभागिताको लागि अनलाइन अडिसन यही मंसिर २० गते शनिबार ८ बजेदेखि २६ गते शुक्रबार साँझ ६ बजेसम्म मगर संसार फोसबुक ग्रुपमा भिडियो पोष्ट गर्नुपर्ने छ । डान्स भिडियो नेपाली गीतमा १ मिनेट माथिको हुनुपर्ने, एक आइडीबाट एउटा मात्र भिडियो पोष्ट गर्नुपर्ने, पेजबाट सहभागी मान्य नहुने, पोष्ट गर्दा नाम, ठेगाना अनिवार्य उल्लेख हुनुपर्ने छ ।


सहभागीमध्ये जजद्धारा छनौट गरी दोस्रो चरणमा लागिने छ । पहिलो चरणको नतिजा मंसिर २६ गते शुक्रबार साँझ ८ बजे मगर संसार फेसबुक ग्रुपबाट लाइभ मार्फत सार्वजनिक गरिने र दोस्रो चरणको प्रतियोगिता मंसिर २८ गते आइतबार बिहान ८ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।


आइडल जजको रुपमा लोकप्रिय डान्सर तथा कलाकार आरुषी मगर र डान्स युनिभर्स सिजन २ का थर्ड रनर अप सुरज सिंजाली मगर रहेका छन् ।
प्रतियोगितामा प्रथम पुरस्कार रु. २५ हजार र सम्मान पत्र, द्धितीय पुरस्कार रु. १० हजार सम्मान पत्र, तृतिय पुरस्कार रु ५ हजार र सम्मान पत्र तथा बाँकी फाइनसिस्ट ७ जनाले रु. दुइ दुइ हजार र सम्मन पत्र प्राप्त गर्ने छन् ।
मगर समुदायको भाषा, संस्कार संस्कृति संरक्षण देखि मानवीय कल्याणकारी कार्यमा अग्रसर मगर संसारले नयाँ प्रतिभाको खोजी गर्दै उनीहरुको प्रोत्साहन स्वरुप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउनको लागि नृत्य प्रतियोगितको आयोजना गरिएको अध्यक्ष मगरले बताउनुभयो ।


मगर संसारले सामाजिक संजाल फेसबुकको माध्यमबाट विश्वभरि छरिएर रहेका मगरहरुलाई एउटै संजालमा आवद्ध गरी मगरहरुको भाषा, संस्कार, संस्कृति संरक्षणको लागि विभिन्न सांस्कृतिक प्रतियोगिता तथा समुदायको बौद्धिक विकासको लागि सृजनात्मक, चेतनामूलक तालिम, प्रशिक्षण कार्यक्रम एवं प्रतियोगिताको आयोजना गर्दै आएको छ । यसैगरी बालकदेखि बृद्धबृद्धासम्म सबै उमेर समुहलाई सहभागिता गराई विभिन्न प्रतियोगिता सञ्चालन गरिने भएकोले मगर संसार मगर समुदायविच लोकप्रिय अनलाइन सन्जाल बनेको छ ।


यति मात्र नभई आर्थिक अवस्था कमजोर भएका विरामी र विभिन्न अप्ठ्यारोमा परेका गरिव तथा असहायहरुलाई आर्थिक सहयोग संकलन गरी सयौं मानवीय सेवाका कार्यहरु पनि गर्दै आएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284