ताजा खबर

मदरल्याण्ड मा. वि. का विशेषताले हात पारिन निबन्ध लेखनमा प्रथम पुरस्कार

   २ मंसिर २०८२, सोमबार १९:५७      86 views

तमु साँस्कृतिक प्रतिष्ठान नेपालले रजत जयन्तीको अवसरमा आयोजना गरेको “अन्तरविद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता” कार्यक्रम शनिबार पोखरा नदीपुर स्थित माउन्ट अन्नपूर्ण मा.वि. मा सम्पन्न गरेको छ ।


लिटिल स्टेप मा.वि. का संस्थापक प्राचार्य श्री पम्फा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा मदरल्याण्ड मा. वि. का विशेषता तिवारीले प्रथम पुरस्कार हात पार्न सफल भएको छ । विन्ध्यावासिनी मा.वि. का पूर्णिमा भट्टराई द्वितीय, सृजना मा.वि. का दुर्गा सिग्देल तृतीय र प्रतिभा मा.वि. का विशाल खत्री सान्त्वना पुरस्कार हासिल गर्न सफल भएका छन् ।


प्रथम पुरस्कार राशी रु १० हजार, द्वितीय रु ७ हजार, तृतीय रु ५ हजार र सान्त्वना पुरस्कार रु २ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै सहभागी सबै विद्यार्थीहरुलाई सहभागिता प्रमाणपत्र प्रदान गरिएको थियो ।
विभिन्न विद्यालयका ५२ जना विद्यार्थीहरु सहभागी भएका यस कार्यक्रममा प्रमुख अतिथि गुरुङले विद्यार्थीहरुको प्रतिभा तथा लेखन क्षमतालाई तिखार्न यस्ता कार्यक्रमले अहम् भूमिका खेल्ने बताउनु भयो ।


माउन्ट अन्नपूर्ण मा.वि. का नेपाली शिक्षक दण्डपाणि सुवेदी, गुरुङ साहित्यिक मन्च नेपालका संस्थापक अध्यक्ष तथा मुक्तककार गौरी गुरुङ र मादी न्युजका सम्पादक सन्चारकर्र्मी रोश्नी गुरुङ लगायत तीन सदस्यीय निर्णायक मण्डल रहेको थियो । संस्थाका प्रथम उपाध्यक्ष भेषबहादुर गुरुङ, निर्णायक गौरी गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो ।

संस्थाका अध्यक्ष श्रीजङ गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सह–सचिव एवं यस कार्यक्रमका संयोजक लोकबहादुर गुरुङले संचालन गर्नुभएको थियो । कार्यक्रममा संस्थाका पूर्व पदाधिकारीहरु, सल्लाहकारहरु, विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284