ताजा खबर

मध्यपहाडी लोकमार्गमा पर्ने सुन्दर बजारको समस्या तत्काल समाधान गरेर अघि बढ्नुको विकल्प छैन : मुख्यमन्त्री गुरुङ

   १८ माघ २०७५, शुक्रबार २२:१३      2,427 views

लमजुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने सुन्दर बजारको समस्या तत्काल समाधान गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । 

उहाँले अब पनि कुरा नमिले प्रदेश सरकार र जिल्लास्थित सुरक्षा निकायले आफ्नो कर्तव्य पूरा गर्नुपर्ने अवस्था आउनसक्ने समेत उल्लेख गर्नुभयो । 

लमजुङको सुन्दरबजार नगरपालिका–८ मा रहेको डीडीसी खेलमैदानमा प्रथम भोटेओडार महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले सुन्दर बजार समस्याको बारेमा बताउनुभएको हो । 

‘मैले आयोजना प्रमुख र साइड अफिसरसँग कुरा गरेको छुँ । अझै पनि कुरा नमिले प्रदेश सरकार र जिल्ला सुरक्षा निकायका साथीहरुले आफ्नो कर्तव्य पूरा गर्नुपर्ने अवस्था आउन सक्छ’, उहाँले थप्नुभयो, ‘त्यस्तो अप्रिय स्थिति नहोस् भनी सुन्दरबजारमा मध्यपहाडी लोकमार्गको समस्या समाधान हुनुपर्छ ।’

यसैगरी मध्यपहाडी लोकमार्ग सानो दुःखले आर्जेको लोकमार्ग नभएको बताउँदै उहाँले सुन्दर बजारमा काम हुन नसक्दा प्रतिष्ठा गिर्नसक्ने भनेर दुःख व्यक्त गर्नुभयो । 

मुख्यमन्त्री गुरुङले महोत्सवकै अवसरमा पोखरा, लमजुङ र गोरखा माउण्टेन बाइक रुटको उद्घाट्न समेत गर्नुभएको छ । –उज्यालो अनलाइनबाट

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284